Search
Close this search box.

रूसी सेनामा ज्यान गुमाउने नेपालीको संख्या १० पुग्यो

रूसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १० पुगेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार पछिल्लो पटक थप तीन नेपाली युवाले ज्यान गुमाएका छन्। स्याङ्जाका हरिप्रसाद अर्याल ९राहदानी नं. १२२९९८९१०, कैलालीका भरबहादुर शाह ९राहदानी नं. ११०२७१७५० र धादिङका राजकुमार गिरी ९राहदानी नं. ०७५७३७३८० को मृत्यु भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जनाएका छन्।

यसअघि गोरखाका सन्दीप थपलिया, कपिलवस्तु, वाणगंगा-१ का रूपक कार्की, कास्कीको पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार-५ का पितम कार्की, दोलखाको मेलुङ-६ का राजकुमार रोका, इलामको इलाम-५ का गंगाराज मोक्तान र कञ्चनपुरका कुन्दन सिंह नागालको मृत्यु भएको थियो।

त्यस्तै, रूसी सेनामा भर्ती भएका चार जना नेपाली बन्दी बनेका छन्। बर्दियाको राजपुर-१ का विवेक खत्री, काभ्रेपलान्चोकको मण्डनदेउपुर-६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ-२ का विकास राई र रोल्पाको रुन्टिगढी ८ का प्रतीक पुन युक्रेनमा बन्दी अवस्थामा छन्। युद्धका क्रममा उनीहरूलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको हो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan