नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरले पेशागत महासंघ केन्द्रीय समिति अध्यक्ष पुण्यप्रसाद ढकाललाई शिक्षा विधेयक शंशोधनका लागि ३ महले सुझावपत्र आज बुझाएको छ । शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालद्वारा हस्ताक्षरित सुझावपत्रमा शिक्षा विधेयकमा समेटिनुपर्ने मुख्य विषयहरु नै नसमेटिएको भन्दै ती विषयवस्तुहरु उल्लेख गरिएको बताईएको छ ।
शिक्षक संगठन वागमति प्रदेशका सदस्य द्वय सुनिल गौतम र देवीप्रसाद बुढाथोकी समेतको उपस्थितिमा सुझावपत्र बुझाईएको कार्यक्रममा पेशागत महासंघकी उपाध्यक्ष मायाँ पौडेल, शिक्षक संगठन मकवानपुर प्रचार विभाग प्रमुख डिवि बर्तौला, संगठन सदस्य चुडा पौडेल लगायतको उपस्थिति रहेको थियो । पेशागत महासंघ अध्यक्ष पुण्यप्रसाद ढकालले शिक्षकका माग र मुद्दालाई आफूले नजिकबाट नियालिरहेको र आन्दोलनको उपलब्धीलाई संस्थागत गर्न नखोज्ने जो कसैलाई पनि छुट नदिने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।


