शिक्षक संगठन राष्ट्रिय समितिको राष्ट्रिय भेला माग गरिएको पत्रको वोधार्थ आज शिक्षक संगठन मकवानपुरले पेशागत महासंघ केन्द्रीय समिति अध्यक्ष पुण्यप्रसाद ढकाललाई बुझाएको छ ।
पछिल्लो शिक्षक आन्दोलन र सहमति लगायतको असन्तुष्टिका बिषयलाई लिएर शिक्षक संगठनका ६० जिल्ला अध्यक्षहरुले संयुक्त हस्ताक्षर गरी राष्ट्रिय भेलाको माग गरेका थिए । आज एक कार्यक्रमका बीच संगठन मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहाल लगायतको टोलीले ढकाललाई सोही पत्रको वोधार्थ पेश गरेको हो ।
कार्यक्रममा शिक्षक संगठन वागमति प्रदेशका सदस्य द्वय सुनिल गौतम र देवीप्रसाद बुढाथोकी पेशागत महासंघकी उपाध्यक्ष मायाँ पौडेल, वागमति प्रदेश उपाध्यक्ष सिताराम दाहाल, मकवानपुर सचिव किशोर पराजुली, शिक्षक संगठन मकवानपुर प्रचार विभाग प्रमुख डिवि बर्तौला, संगठन सदस्य चुडा पौडेल लगायतको उपस्थिति रहेको थियो ।


