Search
Close this search box.

बालमैत्री स्थानीय तहका लागि घरदैलाे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाले बालमैत्री कार्यक्रम अन्तर्गत घरदैलो अभियान आजबाट संचालन गरेको छ।आज पहिलो दिन बालमैत्री स्थानीय शासन घोषणाका लागि सूचक पूरा गर्ने कार्य अन्तर्गत घरदैलो अभियान संचालन गरि बसपार्क एरियाको किराना पसल, ग्यारेज र होटल संचालकहरुलाइ हस्ताक्षर गराइ ६६ वटा फ्लेक्स टासिएको वडा सहजकर्ता सविता विष्टले बताइन् ।

” बालमैत्री समाजको आधार : जिम्मेवार परिवार , उत्तरदायी सरकार” भन्ने नाराका साथ पसल व्यवसायीहरुमा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाइ चुरोट, सुर्ती, मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने र बालश्रममा लगाउन नपाउने र लगाए कानुनी व्यवस्था सम्बन्धि सचेतना अभियान संचालन गरेको १० नम्बर वडा सदस्य गोमा सुनारले जानकारी दिइन् ।

१० नम्बर वडाले आयोजना गरेको घरदैलो अभियान १० नम्बर वडाका प्रतिनिधिहरु ,सामुदायिक प्रहरी उपसेवा केन्द्र बसपार्क , १० नम्बर वडा सहजकर्ता , साना हातहरु नेपाल, बालश्रम कार्यालयका कर्मचारी , बाल संरक्षक संस्था , टोल विकास संस्था , नगर प्रहरी लगायतको उपस्थितिमा अभियान संचालन गरिएको थियो।

बालबालिकालाई कुनै पनि निकृष्ट प्रकारको श्रममा लगाउने छैनौं ,१८ वर्ष मुनिका बालबालिकालाई सुर्तीजन्य , मदिराजन्य पदार्थको खरिद बिक्री वितरण गर्ने कार्यमा प्रयोग गर्ने छैनौ,नेपालको कानुन बमोजिम विवाह गर्ने उमेर भन्दा कम कम उमेरमा गरिने विवाहलाई निरुत्साहित गर्ने छौ र बालमैत्री स्थानीय शासनको महाअभियानलाइ कार्यान्वयनका लागि सहयोग गर्छौ भन्ने फ्लेक्समा हस्ताक्षरको साथै प्रतिबद्धता गराइ प्रत्यक पसल , होटेलमा टासिंएको थियो।

सचेतनामुलक फ्लेक्समा १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामा,वडा स्तरीय बाल समूह संचालका सस्कार ज्ञवाली र पसल संचालकको हस्ताक्षर गराइएको थियो।

बालमैत्री अभियानसंगै सामुदायिक प्रहरीले पाकेटमारी, चोरी र लुटपाटबाट बच्ने उपाय सम्बन्धित प्रचा बाढ्दै सचेतना फैलाउने काम समेत गरेको सामुदायिक प्रहरी हवल्दार सीता खत्रीले जानकारी दिइन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan