Search
Close this search box.

यी हुन् बागमती प्रदेशबाट गठबन्धनतर्फका राष्ट्रिय सभा उम्मेदवार

हेटाैंडा- सत्ता गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ४ जना उम्मेदवारले बागमती प्रदेशकाे तर्फबाट राष्ट्रियसभा सदस्यमा मनाेनयन दर्ता गरेका छन् ।

प्रदेशको राजधानी हेटौँडामा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा आज  सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका दुई तथा माओवादी केन्द्र र एकीकृत समाजवादीका एक–एक जनाले उम्मेदवारी दिएका हुन् ।

कांग्रेसबाट महिला क्लस्टरमा विष्णुकुमारी पुडासैनी र अन्य क्लस्टरबाट जितजंग बस्नेतले मनोनयन दिएका हुन् भाे माओवादीबाट अपांगता भएकाहरूको क्लस्टरबाट श्रीकृष्ण अधिकारी र दलित क्लस्टरबाट एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्माले मनोनयन दर्ता गराएका छन् ।
राष्ट्रियसभाकाे निर्वाचन आगामी माघ ११ गते हुनेछ ।
आगामी फागुन २० पछि राष्ट्रिय सभाका २० पद रिक्त हुँदैछ । साे पदका लागि निर्वाचनमार्फत राष्ट्रियसभा सदस्य चयन हुन लागेकाे हाे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan