हेटाैंडा- आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट एमालेका चारजनाले उम्मेदवारी दर्ता गराएका छन् । आज प्रदेशको राजधानी हेटौँडामा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा पुगेर एमालेका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेका तर्फबाट बागमतीमा महिला कोटामा रोचकुमारी चौलागाईं, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपांगता र अल्पसंख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्माले उम्मेदवारी दर्ता गराएकाे प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएकाे छ ।
राष्ट्रियसभा निर्वाचनमा कुल बागमती प्रदेशबाट कुल
एक सय १० जना सदस्य, पालिकाका प्रमुख र उपप्रमुख गरी तीन सय ४७ जना मतदाता रहेका छन् । एक प्रदेश सभा सदस्यको मतभार ५३ र पालिका प्रमुख र उपप्रमुखको मतभार १९ छ । जसअनुसार बागमती प्रदेशमा प्रदेश सभा सदस्यको कुल मतभार पाँच हजार ८३० र पालिका प्रमुख र उपप्रमुखको कुल मतभार चार हजार ५०३ छ ।

