Search
Close this search box.

सकारात्मक झुकाव सामूहिक चुल्हो सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम शुरु


महोत्तरी – वल्र्ड भिजन इन्टरनेसनल नेपालद्वारा साझेदार संस्थाका कर्मचारीहरुको लागि सकारात्मक झुकावका लागि सामूहिक चुल्हो सम्बन्धि ६ दिने प्रशिक्षक प्रशिक्षण तालिम आज पौष २३ गतेबाट बर्दिबासमा शुरु भएको छ
उक्त कार्यक्रममा बोल्दै मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजीव कुमार झाले कुपोषण न्युनिकरणका लागि वल्र्ड भिजन इन्टरनेसनल नेपाल र साझेदार संस्थाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन् । उनले मधेश प्रदेशमा ठूलो संख्यामा बालबालिकाहरु कुपोषणको शिकार भइरहेको र यसका लागि सरकारी तथा गैरसरकारी निकाय मिलेर काम गर्नु पर्ने आवश्यकता औंल्याएका छन् ।
यसैगरी मधेश प्रदेशको पोषणको अवस्थाबारे प्रस्तुतिकरण गर्दै स्वास्थ्य निर्देशनालयका पोषण फोकल पर्सन बिनोद कुमार यादवले मधेश प्रदेशमा कुपोषणको गम्भीर अवस्था रहेकोले विकासका साझेदार संस्थाहरुसँग हातेमालो गरेर काम गरिरहेको बताए ।
संस्थाद्वारा स्थानीय साझेदार संस्था मार्फत संचालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गतका कर्मचारीहरुका लागि क्षमता वृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको कुरा वल्र्ड भिजन इन्टरनेसनल नेपालका फिल्ड कार्यक्रम प्रमुख हरि प्रसाद उपाध्यायले बताए ।
उक्त कार्यक्रममा स्थानीय आयोजक संस्था एकिकृत ग्रामिण विकास समाज, महोत्तरीका फोकल पर्सन उमेश न्यौपानेले उपस्थित सबैलाई स्वागत गरेका थिए ।
वल्र्ड भिजन इन्टरनेसनल नेपालले अति विपन्न वर्गका बालबालिका एवंम परिवारको पोषण एवंम जीविकोपार्जनको अवस्थामा सुधार ल्याउनका लागि मधेश प्रदेशको महोत्तरीमा एकिकृत ग्रामिण विकास समाज, सर्लाहीमा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, रौतहटमा ग्रामिण विकास केन्द्र, बागमती प्रदेशको सिन्धुलीमा सिन्धुली एकिकृत विकास समाज र कोशी प्रदेशको उदयपुरमा मानव अधिकार र वातावरण विकास केन्द्र मार्फत काम गरिरहेको छ ।
६ दिनसम्म संचालन हुने तालिमको सहजीकरण वल्र्ड भिजन इन्टरनेसनल नेपालका फिल्ड कार्यक्रम प्रमुख हरि प्रसाद उपाध्याय, साझेदार संस्थाका सन्तोष पहरी र सुमित साहले गरिरहेका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan