Search
Close this search box.

हेटौंडा घोषणापत्रमार्फत ६० जिल्ला अध्यक्षको माग सम्बोधन

नेपाल राष्ट्रिय शिक्षक संगठन वागमती प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनले ७ बुँदे हेटौंडा घोषणापत्र जारी गरेको छ । गत मंसिर २२ र २३ गते वागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न अधिवेशनले यस्तो घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा पछिल्लो समय शिक्षक आन्दोलन पछिको निराशालाई समीक्षा गर्न संगठनका ६० जिल्ला अध्यक्षहरुले माग गरेको राष्ट्रिय भेलालाई समेत संवोधन गरिएको छ ।

घोषणापत्रको पहिलो बुँदामा प्रस्तावित शिक्षा विधेयक खारेज गरी ट्रेड युनियन अधिकार सहितको शिक्षामैत्री विधेयक पूनर्लेखन गर्न भनिएको छ । दोस्रो बुँदामा भने गुणस्तरिय शिक्षामा लगानीको विषयलाई समावेश गरिएको छ । घोषणापत्रको तेस्रो बुँदाले भने लामो समयसम्म अनिर्णयको बन्दी बनाईएको शिक्षक महासंघको अधिवेशनलाई यथासीघ्र सम्पन्न गर्न माग गरिएको छ । त्यसैगरी चौथो बुँदाले गत आश्विन ५ र १२ गते सरकारसंग भएको त्रुटीपूर्ण संझौताका विषयलाई लिएर शिक्षक संगठनका ६० जिल्ला अध्यक्षहरुले हस्ताक्षर गरी समीक्षा गर्न माग गरिएको संगठन राष्ट्रिय समितिको भेलालाई समेटेको छ ।

घोषणापत्रको पाँचौं बुँदामा सबै प्रकारका शिक्षक र विद्यालय कर्मचारीको स्थायीत्वको विषयलाई समेटिएको छ भने छैठौं बुँदामा स्थानीय तहको सरकार र विद्यालय शिक्षा प्रशासन सम्वन्धी विषयलाई उल्लेख गरिएको छ । सातौं बुँदामा भने प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउने सबैप्रति धन्यवाद ज्ञापन गरिएको छ ।

मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहालको संयोजकत्वमा गठीत समितिले तयार पारेको घोषणापत्र शिक्षक संगठन वागमती प्रदेश समितिले जारी गरेको हो । प्रदेश समितिको यो अधिवेशनलाई देशभरकै अन्य ६ वटा प्रदेशमा पनि खास महत्वका साथ लिईएको शिक्षक संगठन कास्की जिल्ला अध्यक्ष रोमहर्षण पौडेलले प्रदेश संञ्चारलाई बताए । अध्यक्ष मण्डल, निर्वाचन समित भन्दापनि प्रदेश अन्तर्गत रहेका १३ जिल्ला अध्यक्षहरुको साझा सहमतिमा कमिटी गठन हुनुले बाकी ६ वटै प्रदेशमा यो रोलमोडल हुने शिक्षक नेताहरुको दावी छ ।

माथिल्लो तहका नेताहरुबाट निर्देशन नभई स्वतस्फूर्त रुपमा नेतृत्व चयन गराउन सफल भएकोमा आयोजक जिल्ला मकवानपुरले सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गरेको मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहालले बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan