चितवन मेडिकल कलेजसँग मर्ज भयाे चुरेहिल अस्पताल

हेटौंडा- बागमती प्रदेशको राजधानी हेटौंडामा सिएमसी चुरेहिल अस्पताल सञ्चालनमा आएको छ । चितवन मेडिकल कलेजले क्षेत्र विस्तार अभियान अन्तर्गत हेटौंडा स्थित चुरेहिल हस्पिटल मर्ज गरेर अत्याधुनिक सिएमसी चुरे हिल हस्पिटल सञ्चालनमा ल्याएको हो ।

‘गाउँ–गाउँ ठाउँको ठाउँ उपचार सेवा’ भन्ने अभियानलाई आत्मसाथ गर्दै हस्पिटल मर्ज गर्दै अत्याधुनिक सिएमसी चुरेहिल हस्पिटल सञ्चालन गरेको चितवन मेडिकल कलेजका निर्देशक दयाराम लम्सालले बताए । चितवन मेडिकल कलेजले ६० प्रतिशत शेयर लिएर नयाँ व्यवस्थापन सहित अस्पताल सञ्चालनमा ल्याएको उनले जानकारी दिए । १५ बेडको आकस्मिक सेवासहित मर्जपछि २५ बेडको चुरेहिल हस्पिटललाई एक सय बेडमा विस्तार गरिने उनले बताए । गएको भदौ ७ गते हस्ताक्षर गरी मर्ज गरेको हस्पिटलको आज एक समारोहका बीच शुभारम्भ गरिएको हो ।

विशेषज्ञ सेवाहसहित अत्याधुनिक ल्याब सेवा समेत यहाँ उपलब्ध रहेको छ । हस्पिटलमा छिटै नर्सिङ विषयको पठनपाठन गर्ने योजना पनि रहेको चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।

चितवनका स्वास्थ्य संस्थाले मकवानपुरलाई आफ्नो सेवा क्षेत्रको रुपमा लिँदै आएको सन्दर्भमा चितवन मेडिकल कलेजले चुरेहिल हस्पिटलसँग मर्जरनै गरेर सेवा विस्तार गर्ने योजना मकवानपुरको स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण सावित भएको चितवन मेडिकल कलेजका अध्यक्ष प्रा.डा.हरिश्चन्द्र न्यौपानेकाे भनाइ छ । चौबिसैघण्टा विशेषज्ञसहित यहाँ जुनसुकै जटिल अप्रेशनदेखि जटिल प्रसुति सेवाको लागि चितवन, काठमाडौँ रिफर गर्नुपर्ने  बाध्यता हट्ने अस्पतालले जनाएकाे छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...