Search
Close this search box.

अन्तरपालिका फुटसल बिजेतालाई उपमहानगरको सम्मान

हेटौंडा– मकवानपुरगढी गाउँपालिकामा सम्पन्न अन्तरपालिका फुटसल प्रतियोगितामा बिजेता बनेको हेटौंडा उपमहानगरपालिकाका खेलाडीलाई सम्मान गरीएको छ । हेटौंडा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै खेलमा सहभागी भई उपाधि जितेको टिमलाई उपमहानगरले बुधबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।

कार्यक्रममा नगरप्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले बिजेता बनेका खेलाडीलाई खादा लगाउँदै सम्मान गरेका हुन् । मकवानपुरगढी खेलकुद विकास समितिको आयोजना भएको सहिद रुद्र पाख्रिन, बासुदेव घिमिरे स्मृति दोश्रो अन्तरपालिका फुटसल प्रतियोगितामा आयोजकलाई पराजित गर्दै उपमहानगरले उपाधिमाथि कब्जा जमाएको थियो । आयोजक टिम खेलकुद विकास समितिलाई ७ –४ गोल अन्तरले पराजित गर्दै हेटौंडा उपमहानगरपालिकाले उपाधि उचालेको थियो । उपाधिसँगै हेटौंडाले १ लाख २५ हजार सहित शिल्ड प्रमाणपत्र प्राप्त गरेको थियो ।

उपमहानगरले गरेको खेलाडी सम्मानमा नगर प्रमुख लामाले खेल र खेलाडीको लागि लगानी गर्न तयार रहेको बताइन् । उनले नगरको नामलाई अघि ल्याउने खेलाडी गहना भएको भन्दै आगामी दिनमा पनि उपमहानगरको प्रतिनिधित्व गर्दै खेलहरुमा सहभागी हुन आग्रह गरिन् । नगरको खेलकुदको बिकासका लागि बजेट छुट्याएर प्रतियोगिता सहित खेल मैदान र खेलाडी उत्पादनमा लगानी गरिरहेको नगर प्रमुख लामाको भनाइ थियो ।

सम्मान कार्यक्रममा उपप्रमुख बानियाँले खेल र खेलाडीको बिकासका लागि उपमहानगर सधै तयार रहने बताए । उनले भौतिक बिकासका लागि नेतृत्वले काम गरेपनि नगरको नामलाई चर्चामा ल्याउनका लागि खेलाडीको भूमिका महत्वपुर्ण हुने बताए । मकवानपुरगढीमा बिजेता बनेको टोली पोखरामा हुने राष्ट्रिय स्तरको फुटसल प्रतियोगितामा उपमहानगरको तर्फबाट सहभागी बन्ने भएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

अन्तरपालिका फुटसल बिजेतालाई उपमहानगरको सम्मान

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

अन्तरपालिका फुटसल बिजेतालाई उपमहानगरको सम्मान

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

अन्तरपालिका फुटसल बिजेतालाई उपमहानगरको सम्मान

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

अन्तरपालिका फुटसल बिजेतालाई उपमहानगरको सम्मान

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

अन्तरपालिका फुटसल बिजेतालाई उपमहानगरको सम्मान

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

अन्तरपालिका फुटसल बिजेतालाई उपमहानगरको सम्मान

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

अन्तरपालिका फुटसल बिजेतालाई उपमहानगरको सम्मान

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

अन्तरपालिका फुटसल बिजेतालाई उपमहानगरको सम्मान

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan