अन्तरपालिका फुटसल बिजेतालाई उपमहानगरको सम्मान

हेटौंडा– मकवानपुरगढी गाउँपालिकामा सम्पन्न अन्तरपालिका फुटसल प्रतियोगितामा बिजेता बनेको हेटौंडा उपमहानगरपालिकाका खेलाडीलाई सम्मान गरीएको छ । हेटौंडा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै खेलमा सहभागी भई उपाधि जितेको टिमलाई उपमहानगरले बुधबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।

कार्यक्रममा नगरप्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले बिजेता बनेका खेलाडीलाई खादा लगाउँदै सम्मान गरेका हुन् । मकवानपुरगढी खेलकुद विकास समितिको आयोजना भएको सहिद रुद्र पाख्रिन, बासुदेव घिमिरे स्मृति दोश्रो अन्तरपालिका फुटसल प्रतियोगितामा आयोजकलाई पराजित गर्दै उपमहानगरले उपाधिमाथि कब्जा जमाएको थियो । आयोजक टिम खेलकुद विकास समितिलाई ७ –४ गोल अन्तरले पराजित गर्दै हेटौंडा उपमहानगरपालिकाले उपाधि उचालेको थियो । उपाधिसँगै हेटौंडाले १ लाख २५ हजार सहित शिल्ड प्रमाणपत्र प्राप्त गरेको थियो ।

उपमहानगरले गरेको खेलाडी सम्मानमा नगर प्रमुख लामाले खेल र खेलाडीको लागि लगानी गर्न तयार रहेको बताइन् । उनले नगरको नामलाई अघि ल्याउने खेलाडी गहना भएको भन्दै आगामी दिनमा पनि उपमहानगरको प्रतिनिधित्व गर्दै खेलहरुमा सहभागी हुन आग्रह गरिन् । नगरको खेलकुदको बिकासका लागि बजेट छुट्याएर प्रतियोगिता सहित खेल मैदान र खेलाडी उत्पादनमा लगानी गरिरहेको नगर प्रमुख लामाको भनाइ थियो ।

सम्मान कार्यक्रममा उपप्रमुख बानियाँले खेल र खेलाडीको बिकासका लागि उपमहानगर सधै तयार रहने बताए । उनले भौतिक बिकासका लागि नेतृत्वले काम गरेपनि नगरको नामलाई चर्चामा ल्याउनका लागि खेलाडीको भूमिका महत्वपुर्ण हुने बताए । मकवानपुरगढीमा बिजेता बनेको टोली पोखरामा हुने राष्ट्रिय स्तरको फुटसल प्रतियोगितामा उपमहानगरको तर्फबाट सहभागी बन्ने भएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...