Search
Close this search box.

उद्याेग सञ्चालनकाे माग राख्दै हेटाैंडा सिमेन्ट उद्याेगका कर्मचारी आन्दाेलित

हेटाैंडा- गत असाेजदेखि उत्पादन बन्द भएकाे हेटाैंडा सिमेन्ट उद्याेगकाे क्लिङ्कर उत्पादन सुरु गर्न माग गर्दै कर्मचारीहरु आन्दाेलित बनेका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल ओैद्याेगिक मजदुर संगठनका कर्मचारीहरुले गत पुस २४ गतेदेखि हातमा कालाेपट्टी बाँधेर दैनिक धर्ना दिइरहेका छन् ।

उद्याेग प्रशासनले नियमित काेइला आपूर्ति ठप्प गरी क्लिङ्कर उत्पादन नै ठप्प गरेपछि उद्याेग झन् धरासायी हुँदै गएकाे भन्दै मजदुरहरुले उद्याेग नियमित सञ्चालन गर्न प्रशासनलाई दबाब दिएका हुन् । पुस २४ देखि माघ २ गतेसम्म हातमा कालाेपट्टी बाँधी धर्ना दिने कार्यक्रम गरिएकाे र साे अवधिसम्म पनि आफूहरुकाे माग सुनुवाई नभएकाले माघ ८ गतेसम्म उक्त आन्दाेलनलाई निरन्तरता दिने घाेषणा गरिएकाे अखिल नेपमल ओैद्याेगिक मजदुर संगठन हेटाैंडा सिमेन्ट उद्याेगका अध्यक्ष दीपक थाेकरले जानकारी दिए । ‘उद्याेग नियमित सञ्चालन हुनुपर्याे भन्ने हाम्राे एक मात्र माग हाे, उद्याेगकाे उत्पादन नै बन्द गरिराख्दा झनै समस्या हुने देखिएकाले हामी चिन्तित बनेका हाैँ ।’ अध्यक्ष थाेकरले भने । काेइला आयात गर्ने ठेकेदारलाई दिनुपर्ने रकम दिन नसकेका कारण देखाउँदै क्लिङ्कर उत्पादन बन्द गरिएकाे भन्दै उद्याेगकाे समस्या चाँडै समाधान गर्न सम्बन्धित पक्षलाई दबाब दिन धर्नालाई निरन्तरता दिइएकाे थाेकरले बताए ।

उद्याेगबाट उत्पादित सिमेन्ट बिक्री नै अत्यन्त कम भएकाे र काेइला आयातकर्ताकाे भुक्तानी दिन पनि रकम नभएकाले तत्काललाई उद्याेगकाे उत्पादन बन्द गरिएकाे उद्याेगका महाप्रबन्धक वसन्तकुमार पाण्डेकाे भनाइ छ । उद्याेगकाे उत्पादन बन्द गरिएता पनि स्टक रहेकाे सिमेन्ट बिक्रीलाई निरन्तरता दिइरहिएकाे पाण्डेले बताए । हाल दैनिक ५०० देखि २००० बाेरासम्म मात्र सिमेन्ट बिक्री भइरहेकाे र अझै उद्याेगमा करिब डेढ लाख बाेरा सिमेन्ट स्टक रहेकाे उनले जानकारी दिए ।
उद्याेगमा अझै हजार टनभन्दा बढी काेइला स्टक रहेकाे र सिमेन्ट स्टक घट्दै गएकाले काेइलाकाे ल्याब परीक्षण गरी केही दिनभित्रै पुनः क्लिङ्कर उत्पादन सुरु हुने उद्याेगले जनाएकाे छ । उद्याेगमा नयाँ मेसिन उपकरणसहित स्तरवृद्धि गर्न र उत्पादन लागत घटाई दीर्घकालीन नाफा गराउने उद्धेश्यसहित विस्तृत प्रस्ताव उद्याेग मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पठाइएकाे महाप्रबन्धक पाण्डेले बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan