हेटाैंडा- जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका हेटौंडाका पत्रकार ईन्द्रप्रसाद बन्जरा (रमेश) लाई अदालतले सफाई दिएकाे छ । मंगलबार जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सञ्जेलको ईजलासले उजुरीमा दावी नपुग्ने भन्दै सफाई दिएकाे हाे
यससँगै भीमफेदी कारागारमा रहेका बन्जरा थुनामुक्त भएका छन् । एक महिलाले आफुलाई बन्जराले जवरजस्ती करणी गरेको भन्दै उजुरी दिएपछि उनलाई २०७९ चैत ३० गते प्रहरीले पक्राउ गरेको थियो । त्यसयता अदालतकाे आदेशमा बन्जरा पुर्पक्षका लागि थुनामा थिए ।
केही प्रतिक्रिया छ कि ?

