Search
Close this search box.

अफगानिस्तानविरुद्ध नेपाललाई दुई ओभरमा २ विकेट

अफगानिस्तानविरुद्ध नेपालले सानदार सुरुवात गरेको छ। सुरुवाती २ ओभरमा दुई विकेट लिँदै नेपालले सानदार सुरुवात गरेको हो।

यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुग्ने निर्णायक खेलमा नेपाल विरुद्ध पहिले ब्याटिङ गरेको अफगानिस्तान १ रन बनाउँदा पहिलो विकेट गुमाउन बाध्य भयो।

ओभरको चौँथो बलमै गुल्सन झाले ओपनर नुमन साहालाई शुन्य रनमा दिपक डुम्रेको हातबाट क्याचआउट गराए। त्यस्तै अर्को ओभरमा आकाश चन्दले खालिद तनिवाललाई पनि शुन्य रनमा आउट गरे। उनले दोस्रो ओभरको तेस्रो बलमा विपिन्न रावलको हातबाट क्याचआउट गराए।

समूहको अन्तिम खेलमा अफगानिस्तानले टस जितेको पहिले ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले फिल्डीङ गरीरहेको छ।

नेपालले यसअघि पाकिस्तानविरुद्धको खेलमा रहेको प्लेइङ ११ मा दुई परिवर्तन गरेको छ। विकेटकिपर उत्तम राना मगर र तीव्र बलर दुर्गेश गुप्तालाई टोलीबाट बाहिर राख्दै अफगानिस्तानविरुद्ध मध्यक्रमका ब्याटर दिपक बोहोरा र लेग स्पिनर तिलक भण्डारीलाई टोलीमा समावेश गरेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan