शिक्षकहरु प्रतियोगितामा जाने: पुरुष शिक्षक दौडमा र महिला शिक्षक स्लो स्कुटी रेसमा

सहिद दिवस-२०८० को अवसरमा जिल्लास्तरीय पुरूष शिक्षक ३ हजार मि. दौड तथा महिला शिक्षक स्लो स्कुटी रेस प्रतियोगिता हुने भएको छ । माघ १५ गते, विहान ७ बजे हुप्रा चौरबाट शुरू हुने प्रतियोगिता हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको आयोजना तथा नेपाल राष्ट्रिय शिक्षक संगठनको व्यवस्थापनमा हुने भएको हो ।

सहिद दिवस सप्ताहव्यापी कार्यक्रम अन्तरगत विद्यालयबाट नै खेलकुदको प्रवर्दन गर्ने उद्देश्यले शिक्षक केन्द्रित प्रतियोगिता आयोजना गरिएको ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बताए । शिक्षकहरू खेलकुदप्रति आकर्षित भए, स्वत: विध्यार्थीको खेलप्रति रूचि बढ्ने भएकोले प्रतियोगिता आयोजना गरिएको सिग्देलको भनाई रहेको छ ।

प्रतियोगितामा पुरूष शिक्षक तर्फ दौडमा प्रथम हुनेलाई ७ हजार, दोस्रोलाइ ५ हजार, तेस्रोलाई ३ हजार,  चौथो २ हजार र सान्त्वनालाई १ हजार पुरस्कार राशी रहेको शिक्षक संगठन मकवानपुरले बताएको हो । त्यसैगरी महिला शिक्षक तर्फ स्लो स्कुटी प्रतियोगितामा प्रथमलाई ७ हजार, दोस्रो ५ हजार र तेस्रो हुनेलाई ३ हजार पुरस्कार रहेको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष श्रीराम दाहालले जानकारी  दिएका हुन् । दाहालले शिक्षकहरूलाई बढीभन्दा बढी संख्या सहित प्रतियोगितामा सहभागी हुन अनुरोध गरेका छन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...