हेटौंडा – मकवानपुरगढी गाउँपालिका स्तरीय नेपाल तामाङ घेदुङ गढी गाउँपालिकाको कार्य समिति गठन गरिएको छ । बुधबार गढी २ स्थित समामुदायिक भवनमा भएको भेलामा कार्य समिति गठन गरिएको हो ।
नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष्य कालु घलानको प्रमुख आतिथ्यतामा भएको भेलामा ११ सदस्यलाई कार्य समितिमा चयन गरिएको छ ।
यसैगरी २ नम्बर वडा बाट अध्यक्ष्य पदमा सानु कान्छा थिङ,४ नम्बर वडाबाट उपाध्यक्ष्यमा बिक्रम योन्जन,७ नम्बर वडाबाट सचिवमा यम रत्न भुलुन ,४ नम्बर वडाबाट सहसचिवमा सोमलाल घलान,२ नम्बर वडाबाट कोष अध्यक्ष्यमा एल आर स्याङतान,२ नम्बर वडा बाट सदस्यमा अन्जना तामाङ र सोही वडा बाट सदस्यमा सुरेश गोले,६ नम्बर वडा बाट सदस्यमा विकास थिङ र ३ नम्बर वडा बाट सदस्यमा सुर्य रुम्बालाई चयन गरिएको छ । पालिका स्तरीय गठनमा १७ सदस्यहरुलाई गठन गर्नु पर्नेमा हाललाई ११ सदस्य गठन गरिएको नेपाल तामाङ घेदुङ मकवानपुरका सल्हाकार राज कुमार गोलेले बताए ।

