Search
Close this search box.

सुनको भाउ तोलामा ६ सय रुपैयाँ घट्यो

सुनको भाउ आइतबार तोलामा ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको सुन आइतबार १ लाख १८ हजार ९ सय रुपैयाँ कायम भएको हो । अन्तर्राष्ट्रय बजारमा शुक्रबार कारोबार बन्द हुँदा सुनको मूल्य प्रतिऔंस २०३९ अमेरिकी डलर कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १४१५ रुपैयाँ रहेको चाँदी आइतबार १३९५ रुपैयाँमा झरेको हो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan