Search
Close this search box.

मनहरी उपाध्यक्ष कप भलिबलः भोलि सेमिफाइनलका खेल हुने

मनहरी– मनहरी गाउँपालिकामा मंगलबार सुरु भएको प्रथम उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगितामा भोलि सेमिफाइनल खेल हुने भएको छ । बुधबार भएको खेलबाट सेमिफाइलनमा प्रवेश गर्ने टिमको छनौट भएको हो ।

बुधबारको क्वाटर फाइनल खेलहरुमा वडा नं ३ ले वडा नं १ लाई, वडा नं ७ ले वडा नं ८ लाई, वडा नं ५ ले वडा नं ६ लाई र वडा नं ४ ले वडा नं २ लाई पराजित गरेको हो । भोलि बिहीबार सेमिफाइनल खेल ३ नं वडा र ७ नं वडाबीच र दोस्रो सेमिफाइनल खेल वडा नं ४ र ५ बीच हुने आयोजकले जनाएको छ ।
मनहरी खेलकुद विकास समितिको आयोजना र मनहरी गाउँपालिकाको संरक्षकत्वमा मनहरी ४ गोलघरस्थित खेल मैदानमा आयोजित प्रतियोगिताको माघ २६ गते फाइनल खेल हुने समितिका अध्यक्ष बीरु लामाले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan