मनहरी महाेत्सवमा रमेशराज भट्टराई र प्रतिमा अर्यालसँग रमे दर्शक

मनहरी– पाँचौ मनहरी महोत्सवको नवौ दिन बुधबार चर्चित दोहोरी गायिका प्रतिमा अर्याल र लोक आधुनिक गायक रमेशराज भट्टराईकाे गीतमा दर्शकहरुले मनाेरञ्जनल लिएका छन् ।

उनीहरुले आफ्ना दर्जनौँ लोकप्रिय र चर्चित गीतहरु प्रस्तुत गर्दा दर्शकहरुले उत्तेजित हुँदै नाचेर साथ दिएका थिए । गायक भट्टराई ‘बेहुला बनाउँछु भन्थी, बहूला बनाएर गई’ बोलको लोकप्रिय गीतका गायक हुन् । उनले उक्त बोलको गीत सहित ‘टन्न पैसा कमाउन मन थ्यो, सुखैसुखमा रमाउन मन थ्यो’ लगायतका लोकप्रिय गीतहरु गाएका थिए । उनले गीत गाइरहँदा दर्शकहरुले उनीसँगै गाएर र नाचेर साथ दिएका थिए ।

काठे लोक भाकाका चर्चित गायिक तथा मकवानपुरे सर्जक प्रतिमा अर्यालले ‘कि कटाइदेउ एइ गनगन थानकोटको डाँडो, कि त ल्याइदेऊ मेटासिड एक भाँडो’ बोलको गीतसहित ‘सेतो सेतो ए माया कमेरो माटो, झल्को आउँछ नहिँड त्यो बाटो’ बोलको गीत र अन्य लोकदोहोरी गीतहरु गाएकी थिइन् ।
उनीहरुसँगै कार्यक्रममा जिवी सुनार, आयुष्मा केसी, जसु अधिकारी र रुयल सुनारसहित आस्था कला केन्द्रका कलाकारहरुको प्रस्तुति थियो । साथै कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मकवानपुर शाखाले आयोजना गरेको लाइभ दोहोरी गीत प्रतियोगिता जारी नै छ ।

मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिको आयोजनामा माघ १६ गते सुरु भएको महोत्सव माघ २८ गतेसम्म चल्नेछ । महोत्सवमा स्थानीय परिकार र उत्पादनका स्टलसहित १५० वटा स्टल छन् ।

स्थानीय माछा, तामा, मास, गहत, दलहन, चेपाङ जातिले जीवनयापनका लागि उपभोग गर्ने गिट्ठा भ्याकुर, बनकरिया समुदायद्वारा उत्पादित साबुन, कैलाश गाउँपालिकाको तर्फबाट कुरिलोसहितका कृषि उत्पादनका बस्तुहरु, राक्सिराङ गाउँपालिकामा उत्पादित कृषिजन्य बस्तु तथा फापरको सेलरोटी लगायतका स्थानीय बस्तुहरुलाई महोत्सवमा प्रबद्र्धन गरिएको छ ।

साथै दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, विभिन खेलहरुसहितको बाल उद्यान, होटल, कपडा, फलामे उत्पादन, इलेक्ट्रोनिक्स सामानहरुसहितका स्टलहरुको व्यवस्थापन गरिएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकल...