Search
Close this search box.

मनहरी महोत्सवमा ज्योति मगरसँग रमे दर्शक, आज एलिना चौहानले प्रस्तुति दिने

मनहरी–पाँचौ मनहरी महोत्सवमा बिहीबार लोकप्रिय गायिका तथा मोडल ज्योति मगरको सांगीतिक प्रस्तुतिमा दर्शकहरुले मनोरञ्जन लिएका छन् । महोत्सवमा ज्योतिले करिब आधा दर्जनभन्दा बढी गीत गाएका थिए । दर्शकहरुले उनका गीतमा स्वर मिसाएर गाएका थिए ।

ज्योतिले ‘उही मूलाको सिन्की, उही मुलाका चाना’, ‘चोरी खान पल्केको यो ढाडे बिरालो’ लगायतका गीत गाएकी थिइन् । अश्लील र अभद्रता प्रदर्शन गर्ने आरोप लागेकी ज्योतिले बीच बीचमा द्विअर्थी कुराहरु गरेर युवा र तन्नेरीहरुलाई रोमान्चित र उत्तेजित बनाइन् । महोत्सवमा ज्योतिसँगै गायक ढाकाराम पौडेल, सुनिता थापा, तारा थापा, मुना अर्याल, दिपक कालिराज लगायतले प्रस्तुति दिएका थिए । आस्था कला केन्द्रको तर्फबाट नियमित रुपमा नृत्य पनि प्रस्तुत भइरहेको छ ।

आज माघ २६ गतेका लागि ‘धोकेबाज हौ तिमी’ गीतकी गायिका एलिना चौहान, चन्दा अर्याल, कमेडिएन दिनेश काफ्ले, आरपी सापकोटा, शितल कल्पना, रवि लामा, स्थानीय ब्याण्डको प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यसैगरी आज शुक्रबार नै लाइभ दोहोरी प्रतियोगिताको पनि फाइनल प्रतिस्पर्धा हुँदैछ । तृतीयका लागि विनोद अर्यालको समूह र दोहोरी प्रतिष्ठान (ख) बीच प्रतिस्पर्धा हुनेछ भने फाइनलमा दोहोरी प्रतिष्ठान (क) र दिपेन्द्र पुनको समूहबीच प्रतिस्पर्धा हुने आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मकवानपुरका अध्यक्ष रविन्द्र थिङले जानकारी दिए ।

फाइनल लाइभ दोहोरी प्रतिष्ठान चितवन क र दिपेन्द्र पुनको समूहबीच फाइनल प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई २० हजार नगदसहित प्रमाणपत्र, द्वित्तीय हुनेलाई १५ हजार रुपियाँसहित प्रमाण पत्र र तृत्तीय हुनेलाई १० हजार रुपियाँसहित प्रमाणपत्र तथा सान्त्वना हुनेलाई ५ हजार रुपियाँ नगदसहित प्रमाण पत्र प्रदान गरिनेछ । त्यसैगरी उत्कृष्ट गायक र उत्कृष्ट गायिकालाई पनि ५ हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan