मनरी उपाध्यक्ष कप भलिबलको फाइनल आजः उपाधिका लागि ३ र ४ नं वडा भिड्ने

मनहरी– खेलकुद विकास समिति मनहरीले आयोजना गरेको प्रथम उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको आज शुक्रबार फाइनल खेल हुँदैछ । बिहीबार भएको सेमिफाइनल खेलबाट ३ र ४ नम्बर वडाको टिमबीच फाइनल भिडन्त निश्चित भएको हो ।

सेमिफाइनल खेलमा वडा नं ३ ले वडा नं ७ लाई पराजित गरेको हो भने वडा नं ५ लाई पराजित गर्दै वडा नं ४ ले फाइनल यात्रा तय गरेको हो ।
मनहरी गाउँपालिका ४ स्थित गोलघर खेल मैदान परिसरमा सञ्चालन भइरहेको प्रतियोगिताको आज जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा समापन हुने खेलकुद समितिका संयोजक बीरु लामाले बताए ।

प्रतियोगितामा ९ वटै वडाका ९ वटा टिमले सहभागिता जनाएका थिए । लिग कम नक आउट प्रणालीमा सञ्चालित प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगदसहित शिल्ड र प्रमाणपत्र, द्वित्तीय हुने टिमले ३० हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी बिधागत रुपमा पनि खेलाडीहरुलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...