Search
Close this search box.

नवाैं राष्ट्रिय भेट्रान्स फुटबल प्रतियाेगिता फागुन २२ गतेदेखि

हेटौंडा – नवौं हेटौंडा राष्ट्रिय भेट्रान्स कप ‘८´ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८० हुने भएको छ।हेटौंडा भेट्रान्स क्लबको आयोजनामा फागुन २२ देखि २६ गते सम्म हेटौंडा ४ स्थित हुप्राचौरमा फुटबल प्रतियोगिता हुन लागेको मंगलबार पत्रकार सम्मेलन गरि फुटबल प्रतियोगिताको संयोजक प्रशान्त पाख्रिनले जानकारी दिए।

फुटबल प्रतियोगितामा बिरगंज भेट्रान्स क्लब पर्सा,जितपुर भेट्रान्स क्लब सिमारा बारा,चितवन भेट्रान्स क्लब चितवन,वगरभाइ खेल भेट्रान्स क्लब पोखरा,ए.बि.सि. भेट्रान्स क्लब पोखरा,फुटबल भेट्रान्स क्लब रुपन्देही,थापा गाउँ भेट्रान्स क्लब काठमाडौ,चावहिल भेट्रान्स क्लब काठमाडौ,फिडम फाइटर भेट्रान्स क्लब काठमाडौ ,हेटौंडा भेट्रान्स क्लब ए हेटौंडालको सहभागीता रहने छ ।त्यस्तै पशुपति क्लब भेट्रान्स हेटौंडा, नागस्वती भेट्रान्स क्लब हेटौंडा ,पश्चिम् चितवन भेट्रान्स क्लब चितवन ,एक्स भेट्रान्स क्लब पोखरा ,बानेश्वर भेट्रान्स क्लब काठमाडौ,सानोगौचरण नाइट भिजन भेट्रान काठमाडौ,जोरपाटी भेट्रान्स क्लब काठमाडौ,बौद्ध भेट्रान्स क्वब काठमाडौ,बानेश्वर भेट्रान्स क्लब काठमाडौ,अभिषेक चर्च भेट्रान क्लब नवलपरासी र हेटौंडा भेट्रान्स क्लब वि हेटौंडा लगायत टिमको सहभागीता रहने छ ।भेट्रान्स कप ‘८´ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगितामा १६ वटा गेम गरि समापन गरिने आयोजकले जनाएको छ।

फुटबल प्रतियोगितामा प्रथम नगद पुरस्कार १ लाख ११ हजार १ सय ११, दोस्रो नगद पुरस्कार ५५ हजार ५ सय ५५, सर्वश्रेष्ठ कोच पुरस्कार ५ हजार,सर्वश्रेष्ठ फरवार्ड पुरस्कार ५ हजार,सर्वश्रेष्ठ गोलकिपर पुरस्कार ५ हजार,सर्वश्रेष्ठ डिफेन्स पुरस्कार ५ हजार,सर्वश्रेष्ठ मिडफिल्ड पुरस्कार ५ हजार, म्यान अफ द सिरिज पुरस्कार १० हजार र म्यान अफ दि म्याच पुरस्कार ५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।

हेटौंडा उपमहानगरपालिका,१९ वटै वडा कार्यालय,मकवानपुर जिल्ला खेलकुद विकास समिति,मकवानपुर जिल्ला फुटबल संघ, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट,रोटरी क्लब अफ मकवानपुर,विभिन्न संघ संस्था लगायतको सहयोग रहने प्रतियोगितामा अनुमानित खर्च १३ लाख रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा ४५ वर्ष भन्दा माथिकाले मात्र सहभागीता जनाउन पाउने भेट्रान्स क्वबका कार्यवाहक अध्यक्ष नवराज बज्राचार्य जानकारी दिए। ४० वर्ष उमेर समुहको धेरै विवाद आएपछि यो वर्ष ४५ भन्दा माथि उमेर समुहको राखिएको उनले बताए। प्रतियोगितामा ८ जना खेलाडीमा दुईजना ५० वर्षको अनिवार्य हुनपर्ने छ ।

पत्रकार सम्मेलनमा खेलकुद विकास समितिका अध्यक्ष भेष खड्की, हेटौंडा ६ नम्बर वडा अध्यक्ष विष्णु बहादुर दाहाल, पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष मणिराज गौतम, भेट्रान्स क्लबका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।

२०७० सालमा स्थापना भएको हेटौंडा भेट्रान्स क्लबले प्रत्येक वर्ष खेलकुद प्रतियोगिता गर्दै आएको आयोजकले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan