थहासञ्चारद्धारा आयोजित फुटबल प्रतियोगितामा महिला अधिकारकर्मी २–० ले बिजयी


हेटौंडा-रेडियो थाहासञ्चार ९९.६ मेगाहर्ज हेटौंडाको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोश्रो दिन फुटबल प्रतियोगितामा महिला अधिकारकर्मी विजयी भएका छन् । हेटौंडा–५ स्थित क्याम्प रंगशालामा भएको खेलमा महिला पत्रकारलाई २–० ले हराउँदै महिला अधिकारकर्मी विजय भएको हो ।
महिला अधिकारर्कीको तर्फबाट पहिलो गोल गैर सरकारी संस्था मकवानपुरका अध्यक्ष रमिला सापकोटाले गरेकी थिईन् । त्यस्तै महिला अधिकारकर्मीको तर्फबाट सुनिरा लामाले दोश्रो गोल गर्दै टोलीलाई २–० को जित दिलाए । जितसँगै महिला अधिकारकर्मीले नगत ५ हजार सहित प्रमाण पत्र प्राप्त गरेका छन् । उपबिजेता भएका महिला पत्रकार टोलीले पनि प्रमाण पत्र प्राप्त गरेका छन् ।
रेडियो थाहासञ्चार हेटौंडाका स्टेशन म्यानेजर गोकुल अधिकारीको सभाध्यक्षता भएको कार्यक्रममा हेटौंडा–५ का वडा अध्यक्ष सुशिल घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमा गैर सरकारी संस्था बागमती प्रदेशका अध्यक्ष आरती पाठक , पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम , उपाध्यक्ष धुर्व अधिकारी , प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारीलगायतको आतिथ्यता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...