हेटाैंडा- मकवानपुरकाे मनहरी गाउँपालिका-२ स्थित भुन्द्रुङ टाँडीमा ल्हाेछार विशेष सांस्कृतिक कार्यक्रम भएकाे छ । शनिबार विविध सांस्कृतिक र मनाेरञ्जनात्मक कार्यक्रमका साथ ल्हाेछार पर्व मनाइएकाे हाे ।
मनहरी एकता तामाङ समाजका अध्यक्ष अर्जुन घलानकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कालाखेतीले मनहरी गाउँपालिकामा वाैद्ध धर्मावलम्बीहरुकाे संख्यात्मक उपस्थिति बढी रहेकाे भन्दै गुम्बा निर्माणलगायत तामाङ भाषा, संस्कृति संरक्षणमा प्रयाप्त बजेट विनियाेजन गरिरहिएकाे बताए

गाउँपालिकामार्फत तामाङ समुदायकाे पहिचान स्थापित गर्नका लागि लगानी बढाउन तत्पर रहेकाे उनले सुनाए । कृषि, शिक्षा, स्वास्थ्यमा गाउँपालिकामार्फत प्रयाप्त काम गरेकाे उनकाे भनाइ थियाे । गरिबसँग विश्वेश्वर कार्यक्रमअन्तरगत गरिब परिवारका कयाैं विद्यार्थीलाई निशुल्क शिक्षा प्रदान गरिरहिएकाे अध्यक्ष कालाखेतीले बताए ।
कार्यक्रममा बाेल्दै नेपाल तामाङ घेदुङ पूर्व महासचिव काजीमान थिङले आफ्नाे अस्तित्व प्राप्तिका लागि तामाङ समुदाय एक हुनुपर्ने धारणा राखे । तामाङकाे भेषभुषा, भाषा, संस्कृतिकाे संरक्षण गर्न स्थानीय सरकारले विशेष ध्यान दिनुपर्नेमा उनले जाेड दिए ।
कार्यक्रममा स्थानीय तथा राष्ट्रिय गायक तथा कलाकारले गीत, नृत्य र मनाेरञ्जनात्मक प्रस्तुति दिएका थिए । चर्चित कलाकार बुद्धि तामाङ, हुरहुरलगायतले दर्शकमाझ मनाेरञ्जनात्मक प्रस्तुति दिएका थिए ।


