Search
Close this search box.

बागमती गोल्डकपः जाउलाखेललाई हराउँदै मछिन्द्र सेमिफाइनलमा

हेटौंडा– पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार तेस्रो क्वाटरफाइनल खेल सम्पन्न भएको छ । बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको खेलमा सेमिफाइनल प्रवेशका लागि मछिन्द्र युथ क्लब र जावलाखेल युथ क्लब बीच खेल भएको हो ।

दुई टिमबीचको खेल दिउँसो ३ बजेर २० मिनेटमा सुरु भएको थियो । खेलको निर्धारित समय भित्र दुबै टिमको तर्फबाट गोल नभए पछि खेल ट्राइब्रेकरमा गएको हो । ट्राइब्रेकरमा जावलाखेलका छिरिङ लामा ,अशोक खवास ,अनिल महर्जन र सुनिल खडका पेनाल्टी शुटाउटमा सहभागी भएकोमा छिरिङ लामाले मात्रै गोल गरे भने मछिन्द्र क्लबका बिशाल तामाङ , बिमल घर्ती मगर,अभिषेक गुरुङ र कृस्टोफर चिजोबाले सहभागी भएकोमा बिमल घर्ती मगरले मात्रै असफल प्रहार गरे ।

त्यो सङै मछिन्द्र क्लबसंग जाउलाखेल १(३ गोल अन्तरले पराजित भयो । जउलाखेल बागमती गोल्डकपको तेस्रो संस्करणको बिजेता हो भने मछिन्द्र दोस्रो संस्करणको उपविजेता समेत हो । खेलको म्यान अफ द म्याच मछिन्द्र क्लबका प्रदिप भन्डारी घोसित भए । विजयी टिम मछिन्द्रले भोलि फाइनल प्रवेशका लागी भोलि न्यूरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा आयोजक बागमती खेलकुद विकास समिती र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan