बागमती गोल्डकपमा आजबाट सेमिफाइनलका खेल हुँदै

हेटौंडा– मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं बागमती गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल खेल सुरु हुँदैछ । प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेलमा आज मछिन्द्र फुटबल क्लब र न्युरोड टिमबीच प्रतिस्पर्धा हुनेछ ।

आइतबार अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको थियो । आइतबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा आयोजक बागमती खेलकुद विकास समितिलाई ४–० गोलले हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीको जीतमा जिलेस्पी जंग कार्कीले खेलको पहिलो हाफको २६ औं मिनेटमा, रास बुढा मगरले दोस्रो हाफको ८ औं, फत्तेमान घलले १८ औं मिनेटमा र कमल थापाले ३० औं मिनेटमा समान एक–एक गोल गरे । खेलको म्यान अफ द म्याच आर्मीका फत्तेमान घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

सेमिफाइनल प्रवेश गरेको आर्मीले अब फाइनल प्रवेशका लागि मंगलबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफसहित मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटी त्यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् । प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...