सकियो एक हप्ते निःशुल्क वेबसाइट डिजाइन तालिम

पोखरा– भर्चुअल माध्यमबाट वेबसाइट डिजाइन सम्बन्धी निःशुल्क एकहप्ते तालिम समापन भएको छ । पोखराको इकमर्स साथी प्रालि नामक कम्पनीले एक हप्ता लामो निःशुल्क वेब डिजाइनिङ तालिम प्रदान गरेको हो । आफ्नो व्यक्तिगत वा व्यावसायिक वेबसाइट निर्माण गर्ने तथा आफैंले व्यवस्थापन गर्नेबारे आधारभूत सीप प्रदान गर्ने उद्देश्यले एकहप्ते निःशुल्क तालिमको आयोजना गरिएको हो ।

गत माघ २८ सुरु भएको तालिम फागनु ५ गतेसम्म चलेको थियो । तालिममा दैनिक सय जनाले जुममार्फत प्रत्यक्ष सहभागिता जनाएका थिए भने युट्युबमार्फत प्रत्यक्ष प्रशारण हेरेर पनि धेरैले लाभ लिएको आयोजक कम्पनीका सञ्चालक विजय कुमालले जानकारी दिए । आधारभूत तालिममा डोमेन रजिस्ट्रेसन, होस्टिङ, निःशुल्क डोमेन रजिस्ट्रेसन गर्ने तरिका, वर्ड प्रेस इन्स्टल, सेटिङ, फ्रि थिम र प्लगिन प्रयोग गरी ‘रियल टाइम पर्सनल प्रोजेक्ट डेभलपमेन्ट’को काम सिकाइएको थियो ।

हिजोआज नयाँ व्यवसाय, समाचार माध्यम, फर्म आदि संस्थाहरू दर्ता हुनुका साथै वेबसाइट पनि सञ्चालन गर्ने प्रचलन बढ्दै गइरहेको र त्यस्ता वेबसाइट बनाउन लगाउँदा संस्थाका व्यक्तिहरूलाई वेबसाइटको सामान्य ज्ञानसमेत नहुँदा धेरै ठगिने गरेको बताउँदै सञ्चालक कुमालले वेबसाइटबारे आधारभूत ज्ञान प्रदान गराउने उद्देश्यले निःशुल्क तालिम प्रदान गरिएको बताए । आधारभूत निःशुल्क तालिम लिएर थप ज्ञान हासिल गर्न चाहनेलाई कम्पनीले सशुल्क तालिमका लागि भर्ना लिएको थियो ।

युट्युबमार्फत प्रत्यक्ष प्रशारण भएको तालिमको रेकर्डेड भर्सन हेरेर पनि जुनसुकै बेला ज्ञान लिन सकिन्छ । निःशुल्क तालिम लिएकाहरुले सिकेका कुराहरुको प्रोजेक्ट तयार गरी फागुन १० गतेसम्म बुझाउनेलाई कम्पनीले प्रमाणपत्रकोसमेत व्यवस्था गरेको छ ।

प्राजेक्ट Submit गरी प्रमाणपत्र लिनको लागि यहाँ क्लिक गर्नुहोस्ः

रेकर्ड गरिएको निःशुल्क तालिमको लागि यसमा हेर्नुहोस् :

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...