जनप्रिय माविको ४० औं अभिभावक भेला सम्पन्न

हेटौडा-१६ मा रहेको हटियास्थित जनप्रिय माध्यमिक विद्यालयले शनिबार एक भव्य कार्यक्रमबिच विद्यालयको ४० औं वार्षिक अभिभावक भेला सम्पन्न गरेको छ । अभिभावक भेलाकै अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम,  नृत्य,  नमूना तेक्वान्दो खेल प्रदर्शन समेत गरेका थिए ।

कार्यक्रममा स्वर्गीय पिता टीका फूँयाल र माता टीकादेवी फूँयालको स्मृतिमा छोरा बुहारी बद्रीप्रसाद फुयाल र सीता फूँयालले विद्यालयमा निर्माण गरेको मूल प्रवेशद्वार उद्घाटन गरिएको थियो । फूँयाल दम्पतिले ५ लाख रुपैयाँ खर्च गरेर विद्यालयको मुल प्रवेशद्वार निर्माण गरेका थिए । सोही अवसरमा सामुदायिक विद्यालय अन्तर्गत देशकै पहिलो मिडिया स्टुडियोको समेत उ‌द्घाटन भएको थियो । दुबै उद्घाटन प्रमुख अतिथि वागमती प्रदेशका सदस्य माननीय प्रेमबहादुर पुलामीले गर्नुभएको थियो । भेलाकै अवसरमा विद्यालयका पूर्वप्रधानाध्यापक धनिकलाल साहलाई सम्मान गरिएको थियो । साहलाई नमूना विद्यालयको सुरुवातकर्ताका रुपमा विद्यालयले सम्मान गरेको हो ।  

भेलामा विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चौलागाईले आव ०७९-०८० को शैक्षिक एवम् प्रशासनिक प्रतिवेदन पेश गर्नुभएको थियो भने सामाजिक परीक्षण संयोजक मोहनप्रसाद वस्ताकोटीले विद्यालयको लेखा प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा विद्यालयले ०७९ सालको परीक्षामा प्रथम,  द्वितीय,  तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरेका छ । शिक्षा ऐन २०५९ वमोजिम गठित अध्यक्ष मण्डलले अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया सुरु गरेको विद्यालयका मिडिया संयोजक तथा कार्यक्रमका सञ्चालक सुनिल गौतमले जानकारी दिए ।  

वागमती प्रदेसका सदस्य माननीय प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशप्रसाद खतिवडाको अध्यक्षतामा भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौंडा उपमहानगरपालिका प्रमुख मीना लामा,  राष्ट्रिय परीक्षा बोर्ड हेटौडाका प्रमुख कृष्णप्रसाद घिमिरे, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम,  हेटौंडा उपमहानगर शिक्षा महाशाखा प्रमुख हरिश्चन्द्र सापकोटाको विशिष्ट आतिथ्यता रहेको थियो । त्यसैगरी कार्यक्रममा हेटौंडा उपमहानगर सामाजिक विकास संयोजक एवम् १६ नं वडाका अध्यक्ष रामकृष्ण कोईराला, वडा नं १५ का अध्यक्ष सुनिल मोक्तानको विशेष आतिथ्यता रहेको थियो भने विद्यालयका सल्लाहकार समिति, विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई विद्यालयका सहायक प्रअ रामआशिष मण्डलले स्वागत गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...