Search
Close this search box.

बागमती गोल्डकपः एनआरटीलाई फराकिलो अन्तरले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश

हेटौंडा– मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं बागमती गोल्डकप फुटबल प्रतियोगितामा मछिन्द्र फुटबल क्बलले फाइनलमा स्थान सुरक्षित गरेको छ । सोमबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा न्यरोड टिम (एनआरटी( लाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरेको हो ।

मछिन्द्रको जीतमा हिसुव थपलिया र विदेशी खेलाडी स्टेफेन समीरले दुई–दुई तथा विमल घर्ती मगरले एक गोल गरे । खेलको नवौं मिनेटमा थपलियाकोे गोलमार्फत सुरुवाति अग्रता बनाएको मछिन्द्रका लागि स्टेफेनले १३ औं मिनेटमा र ४६ औँ मिनेटमा गोल गरे भने खेलको दोस्रो हाफको १४ औं मिनेटमा थपलियाले व्यक्तिगत दोस्रो गोल गरे । यस्तै घर्तीले ९१ औं मिनेटमा गोल गरे । एनआरटीका लागि खेलको दोस्रो हाफको १५ औं मिनेटमा विदेशी खेलाडी सेवेले गोल गरे पनि टिमलाई हारबाट जोगाउन भने सकेन । खेलको म्यान अफ द म्याच मछिन्द्रका थपलिया घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । यसअघि भएको क्वाटरफाइनल खेलमा सिमराको नव जनजागृती युवा क्लबलाई हराउँदै एनआरटी सेमिफाइनल प्रवेश गरेको थियो भने जावलाखेल युथ क्बललाई हराउँदै मछिन्द्र सेमिफाइनल प्रवेश गरेको थियो ।

फाइनल प्रवेश गरेको मछिन्द्र अब उपाधीका लागि विभागीय टोलीहरु त्रिभुवन आर्मी क्बल र सशस्त्र प्रहरी बल एपीएफबीचको विजेतासँग बिहिबार प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

बागमती गोल्डकपः एनआरटीलाई फराकिलो अन्तरले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

बागमती गोल्डकपः एनआरटीलाई फराकिलो अन्तरले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

बागमती गोल्डकपः एनआरटीलाई फराकिलो अन्तरले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

बागमती गोल्डकपः एनआरटीलाई फराकिलो अन्तरले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

बागमती गोल्डकपः एनआरटीलाई फराकिलो अन्तरले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

बागमती गोल्डकपः एनआरटीलाई फराकिलो अन्तरले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

बागमती गोल्डकपः एनआरटीलाई फराकिलो अन्तरले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

बागमती गोल्डकपः एनआरटीलाई फराकिलो अन्तरले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan