बागमती गोल्डकपको फाइनलमा मछिन्द्र र एपिएफ भिड्दै

हेटौंडा– मकवानपुरको बागमती गाउँपालिकामा भइरहेको छैठौं बागमती गोल्डकपमा सशस्त्र प्रहरीको एपिएफ क्लव र मछिन्द्र क्लवबीच फाइनल भिडन्त हुने भएको छ । प्रतियोगिताको फाइनल खेल भोलि फागुन १० गते हुँदैन ।

मंगलबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराएसँगै एपिएफले फाइनल यात्रा तय गरेको हो । एपीएफको जीतमा विदेशी खेलाडी फोडे फोफनाले निर्णायक गोल गरे । खेलको ३ मिनेटमा फोफनाले गरेको गोलले नै जीतको लागि पर्याप्त भयो । खेलको म्यान अफ द म्याच एपिएफका बुद्धिमान राई घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । जीतसँगै एपीएफले फाइनलमा मछिन्द्र फुटबल क्लबको भेट पक्का गरेको छ । यसअघि सोमबार भएको पहिलो सेमिफाइनल खेलमा न्यरोड टिम एनआरटीलाई ५–१ गोलले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सवर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५, २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...