Search
Close this search box.

बागमती गोल्डकपको आज फाइनल खेल हुँदैः उपाधि हात पार्ने दाउमा मछिन्द्र र एपीएफ

पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संकरणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज बिहीबार हुँदैछ । प्रतियोगिताको फाइनलमा प्रवेश गरेका मछिन्द्र फुटबल क्बल र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ दुवै टीमले उपाधि जित्ने दाबी गरेका छन् ।

बुधबार भएको प्रि म्याच कन्फेन्समा बोल्दै मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले प्रतियोगिताको उपाधि जित्नका लागि राम्रो तयारी गरेको बताए । खेलाडीहरु शारीरिक रुप ठिक भएकाले राम्रो अट्याकिङ गरेर उपाधि जित्ने तयारी गरेको उनको दाबी छ । फाइनलमा राष्ट्रिय खेलाडी मनिष डांगी खेल्ने संभावना कम रहेको उनले बताए । यस्तै एपीएफका म्यानेजर सुशील अधिकारीले आफ्नो टीमले उपाधि जित्ने विश्वास व्यक्त गरे । सबै टीम जित्नका लागि नै प्रतियोगिता खेल्ने बताउनुहुँदै उहाँले आफुहरु पनि जित्नका लागि तयार रहेको बताए । केही हप्ताअघि सम्पन्न मकवानपुर गोल्डकप जितेकोले यो कप पनि जित्नेमा आफु विश्वस्त रहेको उनको भनाई छ । दुवै टोली पहिलो पटक बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेका हुन ।

यस्तै बागमती खेलकुद विकास समितीका सल्लाहकार एवम पुर्व खेलकुद विकास समितिका अध्यक्ष अरुण बलले सहर केन्द्रित मात्रै फुटबल प्रतियोगिता भइरहेको अवस्थामा गाउँ–गाउँबाट नै खेलाडी उत्पादन गर्नुपर्छ भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आइरहेको बताए । उनले खेलाडी उत्पादनका लागि फुटबल प्रतियोगिता गराइराख्नुपर्ने बताए । उनले फाइनल प्रवेश गरेको दुवै टीमलाई शुभकामना दिए ।

बागमती खेलकुद विकास समितीका उपाध्यक्ष मुक्ति लामाको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एपीएफका टीम क्याप्टेन मान वहादुर रानामगर, मछिन्द्रका भाइस क्याप्टेन उत्सव राई, बागमती–४ का वडाध्यक्ष दन्तलाल माझी र मकवानपुर जिल्ला फुटबल संघका सदस्य आषिश थापा लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको विजेता टीमले १० लाख रुपैयाँ र उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले एकलाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan