Search
Close this search box.

मकवानपुर एभरेष्टमा बाेर्ड गेमसम्बन्धी प्रशिक्षण

हेटौंडा- ३ लेवट स्थित मकवानपुर एभरेष्ट ईंग्लिश विद्यालयमा शिशु कक्षा देखि ७ कक्षा सम्मका शिक्षकहरुलाई अमेरिकन राजदुतावास, क्षत्रिय ईंग्लिश लाङ्वेज अफिसद्वारा प्रदान गरिएको बोर्ड गेम सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ। बिहीवार विद्यालयमै प्रशिक्षक विवश थापाले ३० जना शिक्षकहरुलाई बोर्ड गेम प्रदान गरी प्रशिक्षण दिएका थिए।

शिक्षकहरुलाई विभिन्न समूहमा राखेर , विषयगत प्रश्न बनाई अतिरिक्त क्रियाकलापमा समेत समावेश गरी सहजीकरण गरिएको थियो।सबै उमेर समूह र विभिन्न क्षमता भएका बालबालिकालाई मध्येनजर गर्दै आफ्नो बारेमा भन्ने जस्ता खेल सम्बन्धी सहजीकरण गरिएको थियो। कक्षा कोठामा बालबालिकालाई खेलद्वारा शिक्षण सिकाइ गर्दा रुचिकर हुने र सिकाइ समेत दिगो प्रभावकारी हुने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक आशिष कार्कीले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan