न्यायका सरोकारवाला निकायसँग अन्तरसंवाद

हेटौंडा–बागमती प्रदेशको मुख्य न्यायधिवक्ताको कार्यालयले न्यायका सरोकारवाला निकायहरुसँग अन्तरसंवाद कार्यक्रम गरेको छ । फागुन १८ गते शुक्रबार र शनिबार नुवाकोटको विदुरमा धादिङ, नुवाकोट र रसुवाका सरोकारवालासँग कार्यालयले अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा तीन जिल्लाका अदालतका श्रेष्तेदार, तहसिलदार, कारागार प्रमुख, प्रहरी निरीक्षक, वैतनिक कानुन व्यवसायी, बार एशोसिएसन, सरकारी वकिल कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बागमती प्रदेशका मुख्य न्यायधिवक्ताको अध्यक्षतामा भएको कार्यक्रममा नायब महान्याधिवक्ता सञ्जिवराज रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा धादिङ जिल्ला अदालतका न्यायधीश गोपाल बास्तोला, नुवाकोट जिल्ला अदालतका न्यायधीश सुवासबाबु पुरी, जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष विश्वराज अधिकारीलगायतको आतिथ्यता रहेको थियो । सहायक न्यायाधीबक्ता ठाकुरराम भण्डारीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...