जनप्रिय र चन्द्राेदय बालमैत्री घाेषणा हुँदै

हेटौंडा – हेटौंडा – १६ चिसापानी स्थित जनप्रिय माध्यमिक ( प्राविधिक) विद्यालयले बालमैत्री विद्यालय घोषणाका लागि सूचक पुरा गरेको छ । बालमैत्री बिद्यालयका ११ वटा सूचक पुरा गर्दै बालमैत्री घोषणाको तयारी गरेको विद्यालयले आज आइतबार विद्यालय परिसरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको थियो ।

बालमैत्री विद्यालय घोषणाका लागि सबै सूचकहरु पुरा गरिएको र एक समारोहका बीच फागुन २२ गते बिहान ९ बजेको समयमा बालमैत्री विद्यालय घोषणा गरिने विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईंले बताए ।

बालमैत्री अभियान अन्तर्गत पूरा गर्नु पर्ने सुचक पूरा गर्दै विद्यालय व्यवस्थापन समितिमा बाल क्लबको निर्णयका लागि सृष्टि अधिकारी र प्रख्यातमान लो लाई समितीको प्रत्येक बैठकमा सहभागी समेत गराइएको प्रधानाध्यापक चौलागाईंले बताए।विद्यालयमा १८ सय विद्यार्थी अध्ययनरत छन् ।

पत्रकार सम्मेलनमा सामाजिक विकास संयोजक तथा १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला, १६ नम्बर वडा सदस्यहरु , वडा सहजकर्ता सुजता धिमाल, विद्यालयका शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै हेटौंडा -८ कमाने स्थित श्री चन्द्रोदय माध्यामिक विद्यालयले बालमैत्री विद्यालय घोषणाका लागि सूचक पुरा गरेको छ । बालमैत्री बिद्यालयका ५१ वटा सूचक पुरा गर्दै बालमैत्री घोषणाको तयारी गरेको विद्यालयले आइतबार विद्यालय परिसरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको थियो ।

बालमैत्री विद्यालय घोषणाका लागि सबै सूचकहरु पुरा गरिएको र एक समारोहका बीच फागुन २२ गते बिहान ११ बजेको समयमा बालमैत्री विद्यालय घोषणा कार्यक्रम गरिने विद्यालयका प्रधानध्यापक जिधराज ढकालले बताए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...