Search
Close this search box.

नेपाल राष्ट्रिय शिक्षक संगठन वागमती प्रदेसको MLL कार्यशाला सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन वागमती प्रदेस समितिले संगठन राष्ट्रिय समितिको निर्देशन बमोजिम मार्च टू लोकल लेभल (MLL2024) कार्यशाला सम्पन्न गरेको छ । संगठनको स्थानीय तहसम्मको सुदृढीकरणका लागि राष्ट्रियदेखि स्थानीय तहसम्म कार्यक्रम आयोजना भईरहेको संगठन समितिले बताएको छ ।

खासगरी स्थानीय कार्यथलोमा रहेका समस्याहरुको पहिचान र निदानका लागि केन्द्रित हुनेगरी (MLL2024) कार्यक्रमले देशभरका प्रत्येक विद्यालय पुगेर समस्याहरुको संकलन गर्ने, वहश पैरवी गर्ने र कुन निकायले संवोधन गर्नुपर्ने हो सोही निकायबाट समस्याको निराकरण गर्नका निम्ति यस्तो अभियान सञ्चालन गरेको वागमती प्रदेश महासचिव पूर्णबहादुर पूरीले  बताए ।

कार्यशालामा वागमती प्रदेशका १३ वटै जिल्लाका अध्यक्षहरुले हालको वस्तुगत स्थितिहरु डिजिटल स्लाईडमार्फत प्रस्तुत गरी यथार्थ विवरण प्रस्तुत गरेका थिए । प्रस्तुतीमा भावी कार्ययोजना र रणनीतिका विषय समेत समावेश भएको मकवानपुर अध्यक्ष श्रीराम दाहालले बताए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति उपाध्यक्ष कमला थापाको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई वागमती प्रदेश अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले अध्यक्षता गर्नुभएको थियो । कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष लक्ष्मण शर्माले मार्च टू लोकल लेभलको प्रमूख वक्ताका रुपमा प्रशिक्षण दिएका थिए भने राष्ट्रिय समिति महासचिव हंस बहादुर शाहीले समेत भेलालाई प्रशिक्षित गरेका थिए ।  ।

कार्यक्रममा संगठन इन्चार्ज शंकरलाल श्रेष्ठ, निवर्तमान अध्यक्ष नीरबहादुर कार्की, प्रदेस समितिका पदाधिकारी सदस्यहरु, लेखा समिति सल्लाहकार प्रत्येक जिल्लाका महिला उपाध्यक्ष र सचिव, वागमती प्रदेशमा रहेका राष्ट्रिय समितिका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई प्रदेस उपाध्यक्ष सानुमैयाँ खड्काले स्वागत तथा कार्यशालाको औचित्य प्रष्ट पारेकी थिइन् भने महासचिव पूर्णबहादुर पूरीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा प्राविधिक समितका रुपमा प्रदेस सदस्यहरु सुनिल गौतम, सुरज साउद र मञ्जु बस्नेतले सहजीकरण गरेका हुन् । कार्यक्रम काठमाडौको गौरव ईभेण्ट नागार्जुन स्यूचाटारको सभाहलमा सम्पन्न भएको हो । कार्यशाला पश्चात वागमती प्रदेशको दोस्रो पूर्ण बैठक महत्वपूर्ण निर्णयका साथ सम्पन्न भएको महासचिव पूरीले बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan