हेटौंडा–मुख्य न्यायाधिवक्ताको कार्यालय बागमती प्रदेशले स्थापना दिवसको अवसरमा निबन्ध प्रतियोगिता गर्ने भएको छ । ‘संघीयताको सुदृढीकरणमा मुख्य न्यायाधिवक्ताको भूमिका’ विषयक निबन्ध प्रतियोगिताको लागि कार्यालयले निबन्ध माग गरेको छ ।
चैत ५ गतेभित्र प्राप्त निबन्धको मूल्यांकन गरी चैत ९ गते उत्कृष्टको सूची प्रकाशन गर्ने कार्यतालिका छ । प्रतियोगितामा उत्कृष्ट हुनेलाई आगामी चैत १२ गते हुने स्थापना दिवसको औपचारिक कार्यक्रमकाबीच पुरस्कृत गर्ने कार्यालयले जनाएको छ । कार्यालयले तोकेको इमेल ठेगानामा २५०० शब्दमा नबढाइ लेखिएको निबन्ध पठाउनु पर्ने र उक्त निबन्ध मध्य उत्कृष्ट ५ निबन्धकारहरुलाई स्थापना दिवसका दिन प्रमाणपत्रसहित पुरस्कृत गरिने कार्यालयका सूचना अधिकृत तथा सहायक न्यायाधिवक्ता ठाकुर राम भण्डारीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार, द्वितीयलाई सात हजार, तृतीयलाई पाँच हजार र सान्त्वयना २ जनालाई नगद चार चार हजार रुपैयाँ पुरस्कार प्रदान गरिने कार्यालयका उपन्यायाधिबक्ता उदयचन्द्र अधिकारीले बताए ।
उक्त खुला प्रतियोगितामा कानुनविद्, प्राध्यापक, कानुन व्यवसायी, सरकारी वकिल, शिक्षक, विद्यार्थीलगायत व्यक्तिहरु सहभागी हुने र कार्यालयको भूमिका सम्न्धबमा रचनात्मक सूझाव समेत प्राप्त हुने अपेक्षा गरिएको बागमती प्रदेशका मुख्य न्यायाधिबक्ता माननीय ज्ञानेन्द्र नेपालको भनाइ रहेको छ ।

