Search
Close this search box.

हेटौंडा जेसीजको आयोजनामा अन्तर क्याम्पस टी २० क्रिकेट प्रतियोगिता सुरु

मकवानपुर – हेटौंडा जेसीजको आयोजनामा हेटौंडामा अन्तर क्याम्पस टी २० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले हेटौंडा–४ हुप्रचौरमा शनिबार खेलको औपचारिक उद्घाटन गरेका हुन् ।

हेटौंडा जेसीज वर्ष सन् १९९२ का अध्यक्ष पूर्ण शाक्यको स्वर्गीय आमा अष्टकुमारी शाक्यको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता फागुन २९ गतेसम्म हुने जनाइएको छ ।

प्रतियोगितामा गृह जिल्लासहित बारा, पर्सा र चितवनका क्याम्पसहरुले सहभागिता जनाएको हेटौंडा जेसीज वर्ष सन् २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए ।

४ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार नगदसहित ट्रफि र मेडल प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई पनि जनही पाँच/पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।

आज पहिलो खेल हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र हेटौंडा सिटी कलेजबीच भएको थियो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

हेटौंडा जेसीजको आयोजनामा अन्तर क्याम्पस टी २० क्रिकेट प्रतियोगिता सुरु

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

हेटौंडा जेसीजको आयोजनामा अन्तर क्याम्पस टी २० क्रिकेट प्रतियोगिता सुरु

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

हेटौंडा जेसीजको आयोजनामा अन्तर क्याम्पस टी २० क्रिकेट प्रतियोगिता सुरु

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

हेटौंडा जेसीजको आयोजनामा अन्तर क्याम्पस टी २० क्रिकेट प्रतियोगिता सुरु

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

हेटौंडा जेसीजको आयोजनामा अन्तर क्याम्पस टी २० क्रिकेट प्रतियोगिता सुरु

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

हेटौंडा जेसीजको आयोजनामा अन्तर क्याम्पस टी २० क्रिकेट प्रतियोगिता सुरु

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

हेटौंडा जेसीजको आयोजनामा अन्तर क्याम्पस टी २० क्रिकेट प्रतियोगिता सुरु

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

हेटौंडा जेसीजको आयोजनामा अन्तर क्याम्पस टी २० क्रिकेट प्रतियोगिता सुरु

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan