किताबघरको वार्षिकोत्सवमा कविता प्रतियोगिताका साथै पठन संस्कृतिबारे बहस

हेटौंडा–पठन संस्कृतिको प्रवद्र्धनबाट व्यावसायिक उन्नयनको बाटोमा लागेको किताबघर हेटौंडाले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा कविता प्रतियोगिताका साथ पठन संस्कृतिको विकास र प्रवद्र्धनबारे बहस गरेको छ । शनिबार हेटौंडामा विद्यालयमा पठन संस्कृतिः के, किन र कसरी ? भन्ने विषयमा बहस कार्यक्रम गरेको हो भने माध्यमिक तहस्तरीय कविता प्रतियोगितासमेत गरेको छ ।

बहसमा न्यू मिलेनियम विद्यालयका कार्यक्रम संयोजक कविता अर्याल, प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी र आख्यानकार नयनराज पाण्डेले वक्ताको भूमिका निर्वाह गरेका थिए । किताबघरका प्रबन्धक छवि अनित्यले कार्यक्रमको सहजीकरण गरेका थिए । बहसका क्रममा प्इाब्सन मकवानपुरका अध्यक्ष बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले विद्यार्थीलाई पाठ्यपुस्तकमात्र घोकाउनुपर्छ भन्ने अभिभावकको चेतनामा परिवर्तन नआएसम्म विद्यालयमा पठन संस्कृतिको विकास हुन नसक्ने धारणा राखे । बाह्य पुस्तकहरुको अध्ययनबाट पनि विद्यार्थीहरुले धेरै कुरा सिक्छन् भन्ने कुरा अभिभावकलाई बुझाउनु जरुरी रहेको उनको भनाइ थियो ।


न्यू मिलेनियम विद्यालयका कार्यक्रम संयोजक कविता अर्यालले विश्व घटना र परिवेशसँगैे समाज र देशको विविध पाटोको बारेमा पढेर ज्ञान लिन सकिने भन्दै बालबालिका र तिनका अभिभावकले पनि पुस्तकहरुको जतिसक्दो पढ्नु आवश्यक रहेको बताइन् । पठन संस्कृतिको विकासले विश्व मानवहरूसँग जोडिने माध्यमको रूपमा काम गर्ने उनको भनाइ थियो ।

आख्यानकार नयनराज पाण्डेले विद्यार्थीका रुचि र उनीहरुको क्षमताअनुसारको पुस्तक अध्ययन गर्नका लागि विद्यालयहरुले सुविधा उपलब्ध गराउनुपर्ने बताए । विद्यालयहरूले बालबालिकालाई लक्षित गरी बालसाहित्य कार्यशाला सञ्चालन गर्न पनि उनले सुझाव दिए । कार्यक्रममा नवोदय शिशु सदन विद्यालयका सिएम रिमाल र बालजागृति युवा वर्ष माध्यमिक विद्यालयकी प्रधानाध्यापक सम्झना अधिकारीले पठन संस्कृतिको लागि विद्यालयले गरिरहेका कामहरुको बारेमा बताएका थिए ।

सोही बहसकाबीच भएको माध्यमिक तहस्तरीय कविता प्रतियोगितामा ज्ञानदीप शिक्षा निकेतन विद्यालयका आकांक्षा निरौला, नवोदय शिशु सदन विद्यालयकी ग्रीष्मा खतिवडा र हेटौंडा मोर्डन विद्यालयकी सुमिशा श्रेष्ठ उत्कृष्ट घोषित भई पुरस्कार प्राप्त गरे । साहित्यकार निमेष निखिल, हरिप्रसाद पौड्याल र केशव समर्पणले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । हेटौंडा उपमहानगरपालिकाभित्रका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूबाट प्राप्त कविता मध्ये उत्कृष्ट १० कविता छनौट गरी वाचनको लागि बोलाइएको थियो । कार्यक्रमकैबीच किताबघरको उत्कृष्ट पाठकको रुपमा उमा मैनाली र समर्पण न्यौपानेलाई सम्मानसमेत गरिएको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...