नवौं भेट्रान्स राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि बानेश्वर फ्रेण्डसिप भेट्रान्सले हात पारेको छ ।
शनिबार हेटौंडा भेट्रान्स क्लबको आयोजनामा क्याम्पाडाँडा खेल मैदानमा भएको फाइनल खेलमा फ्रेण्डसिपले उपाधि जितेको हो ।
प्रतियोगितामा फ्रेण्डसिपले किङ्ग कम भेट्रान्सलाई १–० लाई पराजित गरेको हो ।
यस्तै, प्रतियोगितामा बानेश्वरका हरिहर थापा म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगिताको विजेता र उपविजेता समूहले क्रमशः नगद १ लाख ११ हजार १११ रुपैयाँ र ५५ हजार ५५५ रुपैयाँ प्राप्त गरेका छन् ।
केही प्रतिक्रिया छ कि ?