नव्य मानवतावादी शिक्षा सम्बन्धी अन्तरक्रिया

हेटौंडा – हेटौंडाको एक निजि विद्यालयमा बाल संरक्षण र नव्य – मानवतावादी शिक्षा सम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। हेटौंडा-४ कर्रा स्थित आमसाइ स्कुलको आयोजनामा २६ र २७ गते दुईदिने शिक्षक र अभिभावक बीच अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रममा प्रेम सोङमेन प्रमुख वक्ता रहेका थिए भने बालदेव प्रसाद साह र विष्णु बराल प्रशिक्षकका रुपमा रहेका थिए।तिनैजनाले घरनै बालबालिकाको पहिलो विद्यालय हो र घरमा शैक्षिक वातावरण हुनुपर्छ भन्ने विषयमा प्रस्तुति दिएका थिए।

आमसाइ स्कुलका प्रधानाध्यापक प्रभात खत्रीको संयोजनमा भएको कार्यक्रममा शिक्षक अभिभावक र विद्यार्थी गरि करिव ५० जनाको सहभागिता रहेको थियो।

१ सय २० जना बालबालिका अध्ययनरत रहेको आमसाइ स्कुलले विद्यार्थी र अभिभावक लक्षित विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...