कृशु अर्यालले ल्याइन् ‘पल्लवित पाइला’

हेटौंडा- नवसर्जक कृशु अर्यालकाे कविता कृति सार्वजनिक भएकाे छ । बालजागृति इङ्लिस सेकेण्डरी स्कुलकी पूर्व विद्यार्थी अर्यालको कविता सङ्ग्रह ‘पल्लवित पाइला’ बुधबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएकाे हाे ।

बालजागृतिकाे आयाेजनामा बुधबार एक कार्यक्रमकाबीच अर्यालको पहिलो कृति विमाेचन गरिएकाे हाे । विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो ।

कृतिमाथि साहित्य सङ्गम मकवानपुरका सल्लाहकार श्याम कुमार बानियाँ र आँचल साहित्य कला पुञ्चकी अध्यक्ष भावना सापकोटाले समिक्षा गरेका थिए । ३७ वटा कविता समावेश भएको  सङ्ग्रहमा केही संशाेधनकाे खाँचाे देखिएकाे समीक्षक बानियाँले बताए । पुस्तकमा सामाजिक विकृति र विसङ्गति, व्याप्त भ्रष्टाचार, नारीको विभेदलगायतको विषयवस्तु कवितामा समावेश भएको अर्का समिक्षक भावना सापकोटाले बताइन् । स्थानीय पत्रपत्रिकामा प्रकाशित लेख रचनालाई समावेश गरी पुस्तक तयार गरेको लेखक कृशु अर्यालले बताइन् ।

पुस्तकको प्रकाशक अर्यालको हजुरबुवा ढुण्डिराज पोखरेल रहेका छन् । कार्यक्रममा बाल जागृति विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश भण्डारी, साहित्यकार मुना अर्याल, कृशुका बुवा कृष्ण अर्याललगायत साहित्यकारहरूको आतिथ्यता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकल...