वडाध्यक्ष सिग्देलले लिए भुटनदेवी माविको नेतृत्व

हेटौंडा–हेटौंडा–४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)को व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी ४ नम्बर वडाध्यक्ष नविन सिग्देलले लिएका छन् । गत पुस २९ गते अभिभावक भेला भएता पनि धेरै जना आकांक्षी भएपछि विद्यालय व्यवस्थापन समिति चयन हुन सकेको थिएन ।

त्यसबेला २ जना खुलातर्फको सदस्यको लागि १४ जना र २ जना महिलातर्फका सदस्यको लागि २० जनाको उम्मेदवारी परेपछि अभिभावकबाट विद्यालय व्यवस्थापन समिति सदस्य चयनमा हुन सकेको थिएन । आवश्यक छलफलपछि सर्वसम्मत रुपमा विद्यालय व्यवस्थापन समितिले नयाँ समिति चयन गरेको हो । विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा गोमा सुनुवार, रिमा श्रेष्ठ, कृष्ण प्रसाद कँडेल, नारायण प्रसाद तिमल्सिना, राजेन्द्र बस्ताकोटी र राधिका चौंलागाई रहेका छन् ।

मंगलबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सिग्देलले विद्यालयको समग्र विकासमा आफूले कुनै सम्झौता नगर्ने बताए । आगामी दिनमा शिक्षाको गुणस्तर वृद्धि गर्न उदाहरणीय काम गरेर देखाउने उनले प्रतिवद्धता जनाए । साथै विद्यालयका पूर्वप्रधानाध्यापक डेण्टी जंग शाहको स्मृतिमा विद्यालयमा डेण्टी स्मृति कोषको स्थापना गरिनेसमेत अध्यक्ष सिग्देलले घोषणा गरे । सुरुवातमा १० लाख रुपैयाँ रकम कोषमा जम्मा गरिने र पछि रकम विस्तार गरीदै लगिने उनले बताए । कोषबाट विद्यालयका गरीब जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने अध्यक्ष सिग्देलको योजना छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...