कैलाश अध्यक्ष कप फुटबल सुरु, १० नम्बरकाे विजयी सुरुवात

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा दोस्रो संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको सुरुवात भएको छ । आजदेखि सुरु भएकाे प्रतियोगिताकाे गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानले उद्घाटन गरेका हुन् ।

कैलाश–९ स्थित नामटारमा सुरु भएकाे प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर १० ले विजयी सुरुवात गरेको छ । वडा नम्बर ४ लाई ३–० गाेलकाे फराकिलो अन्तरले पराजित गर्दै वडा नम्बर १० विजयी भएकाे हो । प्रतिस्पर्धामा बुद्ध थिङ र सागर बलले एक-एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको हो । वडा नम्बर १० प्रतियोगिताको साविक विजेतासमेत हो ।

यस्तै बुधबारको दोस्रो खेलमा वडा नम्बर ५ र ९ बीच पहिलाे हाफ खेलेर रोकिएको छ । बाँकी समयको खेल बिहिवार बिहान हुने रेफ्री सन्तोष राईले बताए । विजयी टिमले बिहिबार वडा नम्बर ८ सँग प्रतिस्पर्धा गर्नेछ । यस्तै बिहिबार वडा नम्बर २ र ३, वडा नम्वर ६ र ७ नम्बर बीच प्रतिस्पर्धा हुनेछ ।

कैलाश खेलकुद विकास समितिका संयोजक मोहन वाईबाको सभाध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बाल कुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत विनोद रोक्का र वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा २ हजार बढ्यो

सुनको मूल्य तोलामा २ हजार बढ्यो

आज स्थानीय बजारमा सुनको मूल्य तोलामा २ हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ३६ हजार पाँच सय निर्धा...