Search
Close this search box.

खुला निबन्ध प्रतियोगितामा सुर्खेतका ओम प्रकाश प्रथम

हेटाैंडा- मुख्य न्यायाधिबक्ताको कार्यलय बागमती प्रदेशले स्थापना दिवसको अवसरमा आयोजना गरेको निबन्ध प्रतियोगितामा विरेन्द्रनगर सुर्खेतका ओम प्रकाश चालिसे प्रथम भएका छन् ।

कर्णाली प्रदेशसभामा सहलेखापालको पदमा कार्यरत चालिसेले प्रथम भएसँगै कार्यालयकाे स्थापना दिवसको अवसरमा दश हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्ने छन् । “संघीयताको सुदृढीकरणमा मुख्य न्यायाधिबक्ताको भूमिका” विषयक निबन्ध प्रतियोगितामा पुरस्कृत हुन सफल पाँच जना मध्ये तिन जना विभिन्न कलेजका वि.ए.एल.एल.वि. अध्ययनरत विद्यार्थीहरु भएको कार्यालयका सूचना अधिकारी ठाकुर राम भण्डारीले बताए ।

चैत ९ गते कार्यलयको वेवसाइटमा प्रकाशन गरेको नतिजा अनुसार सिमौनगढ नगरपालिका १० वारा निवासी ऋतिक यादवले द्वितीय स्थान हासिल गरेका छन् । काठमाण्डौ स्कूल अफ ल मा विए एल.एल.वि. पाचौ वर्षमा अध्ययनरत यादवले प्रमाणपत्र सहित सात हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । पृथ्वीनारायण क्याम्पस पोखरामा वि.ए.एल.एल.वि. फोर्थ सेमिस्टरमा अध्ययनरत  कृष्णध्वज बस्नेतले पाँच हजार रुपैयाँसहित तृतीय पुरस्कार हात पारेका छन् ।

पशुसेवा तालिम केन्द्रमा कार्यरत वासुदेव नाथले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । उनले कानुनमा स्नातक गरेका छन्। फलेबास ७, पर्वत स्थायी ठेगाना भई हाल नेपाल ल क्याम्पसमा वि.ए.एल.एल.वि. चौथो सेमिस्टर अध्ययनरत शुभेक्षाले पनि सान्त्वना पुरस्कार प्राप्त गरेकी छन् । सान्त्वना पुरस्कार विजेताहरुले नगद पुरस्कार चार हजार रुपैयाँसहित प्रमाणपत्र पाउने मुख्य न्यायाधिबक्ताको कार्यालयका सहायक न्यायाधिबक्ता राजेन्द्रमणि पौडेलले बताए । मुख्य न्यायाधिबक्ताको कार्यालयको बारेमा प्रचारप्रसार गर्ने र रचनात्मक सुझाव प्राप्त गर्ने उदेश्यले खुला निबन्ध प्रतियोगिता आयोजना गरिएको कार्यलयका उपन्ययाधिबक्ता उदयचन्द्र अधिकारीले बताए । प्रतियाेगिताका लागि कार्यालयको इमेलमा कुल ६७ वटा निबन्ध प्राप्त भएको कार्यलयका सूचना तथा प्रविधि शाखाका अर्जुन बर्तौलाले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan