Search
Close this search box.

त्रिशुलीमा ट्याक्सी खस्दा ५ जनाकाे मृत्यु, १ जना बेपत्ता

चितवन- काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । 

बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको  इच्छाकामना गाउँपालिका- ५, नाग्दी खाेला पुलनजिकबाट त्रिशुली नदीमा खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको र १ जना बेपत्ता रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डीएसपी श्रीराम भण्डारीले जानकारी दिए । 

दुर्घटनामा परी ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही वडाकी ७० वर्षीया जुनकिरी रोकाय, ४१ वर्षीया हरिमाया रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटीको मृत्यु भएको डीएसपी भण्डारीले बताए । 

ट्याक्सीमा सवार रहेका गोरखा नगरपालिका-७ कै १८ वर्षीय दिवस रोकाय भने बेपत्ता छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्याक्सीमा चालकसहित ६ जना सवार रहेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan