शिक्षक संगठन इन्द्रसरोवरको चौथो परिषद् सम्पन्न

इन्द्रसरोवर गाउँपालिकाको चौथो गाउँपरिषद् तथा सहकारी शिक्षा कार्यक्रम आज सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख आतिथ्यता तथा नेपाल राष्ट्रिय शिक्षक संगठन वागमती प्रदेस समितिका सदस्य सुनिल गौतमको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई कार्यवाहक अध्यक्ष संरचना शर्माको अध्यक्षतामा सम्पन्न ‍भएको हो ।

परिषद् मा मार्च टू लोकल लेभल र सहकारीका सन्दर्भमा प्रशिक्षण सम्पन्न भएको हो । पछिल्लो समय शिक्षकको पेशागत आन्दोलनमा भएका त्रुटिपूर्ण संझौता र त्यसले देशभर निम्त्याएका समस्याको निराकणका लागि मार्च टू लोकल लेभल अभियान देशब्यापी रुपमा लागू गरिएको प्रदेस समिति सदस्य सुनिल गौतमले बताएका हुन् । कार्यक्रममा प्रमूख अतिथि देवकृष्ण पुडासैनीले “जहाँ संगठन छ, त्यहीँ म छु , मलाई पृथक नठान्नु होला, संगठनले शिक्षकको हकहित र शैक्षिक सुधारका निम्ति ल्याइएका जुनसुकै कार्यक्रमलाई स्थानीय सरकारको तर्फबाट पूरा गर्न हरदम लागि पर्नेछु ” भन्ने अभिव्यक्ति दिए । उनले संगठनकर्मीहरु सबैका हुन्, हामी सबैका हौं भन्दै अरुहरुजस्तो आफू निरंकुश नहुने र सबैको जायज काममा पछि नपर्ने बताए ।

कार्यक्रममा शिक्षक संगठन केन्द्रीय प्रतिनिधी लक्ष्मी रिमाल, शिक्षकहीत साकोस अध्यक्ष एवम् (MLL) उत्प्रेरक शीवप्रसाद लामिछाने, शिक्षकहित सकोसका कोषाध्यक्ष गुरुप्रसाद ओझा,NNTA इन्द्रसरोवरका इन्चार्ज रामशरण दहाल,शिक्षक महासंघ इन्द्रसरोवरका अध्यक्ष सहदेव रिमाल लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।

उत्प्रेरक लामिछानेले संगठनको ऐतिहासिक विरासत देखि पेशागत सहकारी सम्मका विषयमा आफ्ना धारणा राखेका हुन् । कोषाध्यक्ष ओझाले सहकारीको वर्तमान अवस्था लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा २ हजार बढ्यो

सुनको मूल्य तोलामा २ हजार बढ्यो

आज स्थानीय बजारमा सुनको मूल्य तोलामा २ हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ३६ हजार पाँच सय निर्धा...