Search
Close this search box.

बागमती ८ मा करेन्ट लागेर देवरामको मृत्यु

हेटौंडा–मकवानपुरको बागमती गाउँपालिका–८ स्थित कायरमा आज बिहान करेन्ट लागेर एक ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । आफ्नै घर अगाडिको बारीमा मकै हेर्न गएका देबराम रुम्बालाई बारीमा लत्रिएको तारबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटना आज बिहान ८ बजेको हो । घटनापछि इलाका प्रहरी कार्यालय फापरबारीको टोली परिचालन भई प्रारम्भिक कार्य सम्पन्न गरी शवलाई पोष्ट मार्टमको लागि हेटौंडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan