Search
Close this search box.

सुमोको ठक्करबाट हेटौंडा–११ का सुनारको मृत्यु

हेटौंडा– हेटौंडा–११ मा टाटा सुमोको ठक्करबाट शनिबार राति एक जना स्थानीयको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौडा ११ नवलपुर स्थित चन्द्र शुर्य पेट्रोल पम्प नजिक हेटौंडा–११ का ३५ वर्षीय पैदलयात्री ज्ञाने सुनारलाई सुमोले ठक्कर दिएको थियो । घाइते सुनारको राति नै हेटौंडा अस्पतालमा मृत्यु भएको थियो ।

प्रदेश १–०२–०१ ज ४३०० नम्बरको टाटा सुमोले ठक्कर दिएर घाइते बनाई सुमो फरार भएको थियो । घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरीको टोली सिसि टिभी फुटजका आधारमा मृतक पैदलयात्री लाई ठक्कर दिने सुमो भएको ठम्माएको थियो । ठक्कर दिई फरार इलाका प्रहरी कार्यालय इटहरीको समन्वयमा इटहरीबाट नियन्त्रणमा लिएको र सुमो तथा चालक इटहरी प्रहरीको नियन्त्रणमै रहेको र हेटौंडा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan