Search
Close this search box.

हेटौंडा–४ मा योजना तर्जुमा गोष्ठी

हेटौंडा– आगामी आर्थिक वर्ष २०८१/ ०८२ को बजेट निर्माणको लागि नागरिकको सुझाव संकलन सुरु गरेको हेटौंडा उपमहानगरपालिकाले आइतबार ४ नम्बर वडामा योजना तर्जुमा गोष्ठीको आयोजना गरेको छ । वडातहबाटै आएको माग अनुसार काम गर्दा नगरको बिकासमा सबैको भावना समेटिने भन्दै १९ वटै वडाहरुमा योजना संकलनको काम गरिने उपमहानगरले जनाएको छ ।

स्थानीय पालिकाको बजेट निर्माण पुर्व ७ चरणमा छलफल र समन्वय गर्नुपर्ने नीतअनुसार उपमहानगर सबै वडाहरुमा पुग्नेगरी काम अघि बढाएको बताइएको छ । ४ नम्बर वडामा भएको सुझाब संकलनमा स्थानीयले शिक्षा, सडक ढल र बहुउद्देश्यीय भवनको कामलाई अघि बढाउन जरुरी रहेको बताएका थिए । हेटांैडा–४ का कमल मैनालीले मुख्य बजार क्षेत्रमा रहेको वडाको भौतिक बिकास राम्रो नभएको बताए । उनले देश भरबाट आउँने मानिसहरुको नजरमा पर्ने वडाको पुर्वाधार विकास प्रकृतिमैत्री र व्यवस्थित हुन जरुरी रहेको बताए । सडकको पिच भत्किएको छ बनेको सडकहरुमा ढल, सडक छेउमा हुनुपर्ने सुन्दरता नभएको उनको भनाई थियो ।

त्यस्तै हेटौंडा ४ मा रहेको जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख माधब कोइरालाले मोटो रकम खेलकुदमा लगानी भएपनि उत्पादनशील क्षेत्रमा नभएको भन्दै खेलाडी उत्पादनमा रकम खर्चन आग्रह गरे । कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले समानुपातिक ढंगबाट बिकासको काम अघि बढाइएको बताइन् । तत्कालीन नगर क्षेत्रमा रहेका ११ वडा मध्य पछि थपिएका वडाहरुलाई विकासको गतिमा लैजानुपर्ने अहिलेको आवश्यकता भएकाले केहि रकम पछि थपिएर उपमहानगर बनेका क्षेत्रमा गए पनि बजेट समानुपातिक ढंगबाटै बाँडिएको उनले दाी गरिन् ।

विकासको दृष्टिकोणले ४ नम्बर अन्य वडाको तुलनामा अव्बल रहेको भन्दै बिकासको कामलाई तदारुकताका साथ अघि बढाउन उपमहानगरले कुनै कमजोरी नगर्ने बताइन् । हेटौंडा–४ का वडा अध्यक्ष नबिन सिग्देलको सभाध्यक्षतामा भएको कार्यक्रममा स्थानीय राजनितिक दलका प्रतिनिधि, बिद्यालयका प्रधानाध्यापकहरु, टोल बिकास सस्थाका प्रतिनिधि, बाल समूहका संयोजकहरुको सहभागिता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

हेटौंडा–४ मा योजना तर्जुमा गोष्ठी

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

हेटौंडा–४ मा योजना तर्जुमा गोष्ठी

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

हेटौंडा–४ मा योजना तर्जुमा गोष्ठी

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

हेटौंडा–४ मा योजना तर्जुमा गोष्ठी

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

हेटौंडा–४ मा योजना तर्जुमा गोष्ठी

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

हेटौंडा–४ मा योजना तर्जुमा गोष्ठी

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

हेटौंडा–४ मा योजना तर्जुमा गोष्ठी

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

हेटौंडा–४ मा योजना तर्जुमा गोष्ठी

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan