Search
Close this search box.

२ सयजनाको निःशुल्क स्वास्थ्य परीक्षण

हेटौंडा– काठमाडौं–तराई फाष्ट ट्र्याकको सुरुङ निर्माण तथा पुल निर्माण गर्न आएको चाईना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिंग कर्पोरेशनले आज मकवानपुरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । चिनियाँ चिकित्सा सहायता अभियान अन्तर्गत मकवानपुरको भीमफेदी, बकैया गाउपालिकामा रहेका धेद्रे, कोलखोला, महादेवटार, चारघरे, आँपचौर गाउँका स्थानीय र सुरुङ निर्माणमा खटिएका मजदूर कर्मचारीहरुका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

सामान्य स्वास्थ्य परीक्षण तथा उपचार गर्न सदरमुकाम हेटौंडासम्म पुग्नुपर्ने बाध्यता रहेकोले सामाजिक उत्तरदायित्व स्वरुप कर्पोरेशनले स्वास्थ्य शिविर सञ्चालन गरिएको कर्पोरेशनका मानवश्रोत शाखा प्रमुख यानले जनाएका छन् । स्वास्थ्य शिविरमा करिब २ सय जनालाई निःशुल्क स्वास्थ्य परिक्षण र निःशुल्क औषधि पनि वितरण गरिएको थियो । शिविरमा आउन नसक्ने शारीरिक रुपमा अशक्तलाई कर्पोरेशनले सवारी साधनको व्यवस्था गरेको थियो ।

स्वास्थ्य शिविरमा परिक्षण गर्न आएका अधिकांशमा उच्च रक्तचाप, डायविटिज, मृगौलामा खराबी, महिलामा छाति तथा स्तनको समस्या जस्ता रोगहरु पाईएको शिविरका टिम लिडर डाक्टर झोऊ गुईमिनको भनाई छ । शिविरमा चीनमा उत्पादित औषधि वितरण गरिएको थियो । यस क्षेत्रका स्थानीयहरु विरामी परेर अस्पताल जानु पर्ने भएमा निःशुल्क आफ्ना सवारी समेत उपलब्ध गराउदै आएको चाईना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिंग कर्पोरेशनले विकट तथा दुरदराजका ग्रामीण वस्तीका स्वास्थ्य सेवाबाट बञ्चित नागरिकलाई आफ्नै खर्चमा गरेको यो कार्य प्रशंसनीय भएको बकैंया–१२ का वडा सदस्य सुजन वाईबाको भनाई छ । कर्पोरेशनले बर्षेनी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । गतबर्ष पनि सो स्थानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan