Search
Close this search box.

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारितासम्बन्धी तालिम हुँदै

हेटौंडा–सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना गर्ने भएको छ । लामो समयदेखि विभिन्न किसिमका वेबसाइट डिजाइन तथा सफ्टवेयर डिजाइनको तालिम तथा सेवा दिइरहेको इकमर्श साथी प्रालिले न्युज पोर्टलसँगै आधारभूत पत्रकारिता तालिमको समेत अवधारणा ल्याएको हो ।

१५ दिने तालिममा न्युज पोर्टल वेबसाइट डिजाइनको आधारभूत ज्ञानका साथै समाचार लेखनसम्बन्धी आधारभूत ज्ञान, समाचार प्रकाशनको तरिका, विज्ञापन डिजाइन, न्युज पोर्टलको सुरक्षा, अनलाइन पत्रकारिताका कानुनी पक्षलगायतको बारेमा आवश्यक सीप विकास गराइने इकमर्श साथी प्रालिका सञ्चालक विजय कुमालले जानकारी दिए । वेबसाइट डिजाइनका तालिम लिएका धेरैले न्युजपोर्टल सञ्चालन गर्न समाचार लेखन, विज्ञापन डिजाइन, वेबसाइट दर्ता तथा कानुनी प्रक्रियाकाबारेमा अन्यौलता रहेको पाइएपछि यसबारे पनि तालिम दिएर परिपक्व बनाउनु आवश्यक देखिकाले आफूहरुले तालिम सञ्चालन गर्न लागेको कुमालले बताए ।

कुमालका अनुसार १५ दिने तालिम चैत २९ गतेदेखि अनलाइनमार्फत सञ्चालन हुँदैछ । दैनिक बेलुकी ७ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने सशुल्क तालिममा नेपालका चर्चित तथा अनुभवी पत्रकारहरुबाट आधारभूत समाचार लेखन तालिम प्रदान गरिनेछ भने सञ्चार माध्यम दर्ताको कानुनी प्रक्रियाका बारेमा पनि जानकारी र सहजीकरण गराइनेछ ।

तालिम लिनको लागि तलको लिंकमा क्लिक गरी फर्म भरेर Submit गर्नुहोस् ।

फर्म भर्न यहाँ क्लिक गर्नुहोस् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan